अन्तिम संस्कारको छायांकन पुरा
काठमाडौं, १२ कात्तिक
निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ ।
शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले बताए ।
झन्डै डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य, सुरज खालिङ राई, पासाङ टी शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठ, सस्मिता र दिग्गजलगायतको अभिनय छ ।
सांस्कृतिक तथा सामाजिक कथावस्तु समेटिएको फिल्मको पोस्ट प्रोडक्सन लण्डनमा गरिनेछ । फिल्ममा बाबु श्रेष्ठको छायांकन छ । निर्देशक शाहीले यसअघि फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ निर्देशन गरिसकेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस