महापुरूष: चार सातामा कमायो १० करोड

पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरूष’ ले दश करोड बढी कमाएको छ । निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएको जानकारी दिएका छन् । पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।
फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलोसाता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो ।
‘हामीले पाएको शो हाउसफुल नै भइरहेका छन् । पाचौँ सातामा पाएको शोले नै फिल्मको सफलता दर्साउछ’, निर्माता खत्रीले भने, ‘फिल्मले नेपालसँगै अमेरिकामा गरेको व्यापार आफैँमा रेकर्ड बन्दै छ ।
क्याटेगोरी : कला शैली, ताजा अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस