आज महागुरु फाल्गुनन्द जयन्ती मनाउँदै
किराँत धर्मावलम्बीहरुले आज शुक्रबार महागुरु फाल्गुनन्दको १३८ औं जन्मजयन्ती मनाउँदै छन् ।
किराती समुदायको बसोबास रहेका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम र झापा, सुनसरीमा फाल्गुनन्द जयन्ती धुमधामले मनाउने गरिन्छ । राजधानीमा बस्दै आएका किराँत समुदायले पनि यो दिवस मनाउने गर्दछन् ।
वि.सं. १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मेका फाल्गुनन्दको २००५ सालमा निधन भएको थियो । उहाँले किराँती भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गर्नुभएको थियो ।
समाज सुधारका लागि फाल्गुनन्दले वि.सं. १९८८ साल बैशाख २४ गते लागू गरेको नीतिलाई किरात धर्मावलम्वीहरु सत्य धर्म मुचुल्का भन्ने गर्दछन् । किराती समाज सुधारमा उहाँले पुर्याएको योगदानको कदर गर्दै सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
क्याटेगोरी : चाडपर्व विशेष, ताजा अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस