नाडा अटो शोमा हिरोले दुई नयाँ मोेडलको मोटरसाइकल तथा स्कुटर सार्वजनिक गर्ने

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारीक बितरक नेपाल जनरल मार्केटिङ प्रालिले नाडा अटो शोमा दुई नयाँ मोेडल सार्वजनिक गर्ने भएको छ । कम्पनीले भदौ १० गतेबाट सुरु हुने अटो शोमा एक्सपल्स २०० र प्लेजर ११० प्लस स्कुटर सार्वजनिक गर्ने तयारी गरेको हो ।
एक्सपल्स २००
कम्पनीले एक्सपल्स २०० मोटरसाइकल ३ लाख ५० मूल्यमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । अफरोड राइडीङलाई मध्यनजर गर्दै डिजाइन गरिएको यो मोटरसाइकललाई अटो शो मार्फत बजारमा ल्याउने भएको हो ।
यही मूल्यमा कम्पनीले हिरो एक्सपल्स २०० सार्वजनिक गर्ने हो भने यो बाइक सस्तो अफरोड बाइक हुने छ । यो बाइकको सिधा प्रतिस्पर्धा रनरको हक २०० सँग हुनेछ ।
एक्सपल्स २०० मोटरसाइकलमा स्पोक ह्विल्स र अफरोड टायर दिईएको छ । यसको फ्रन्ट साइडमा २१ इन्च र रियरम १८ इन्च ह्वील लगाइएको छ । ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने लामो विन्डस्क्रिन समावेश गरिएको छ ।
एडभेन्चर बाइकमा उपलब्ध २०० सीसी, एयर कुल्ड, फ्युल इन्जेक्सन, सिंगल सिलिन्डर इन्जिनले ८००० आरपीएममा १८.४ पीएस पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड गियरबक्स समावेश गरिएको छ ।
हिरो एक्सपल्स २०० लामो र शार्प फ्रन्ट मडगार्ड, हरेक प्रकारको सडकको लागि उपयुक्त टायर र राउण्ड एलईडी हेडल्याम्प रहेको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र सिटको भित्री भागमा यूएसबी चार्जिङ पोर्ट राखिएको छ ।
यो बाइकको फ्रन्ट र रियर दुबैमा डिस्क ब्रेक रहेको छ । बाइकमा सिंगल च्यानल एबीएस पनि समावेश गरिएको छ ।
प्लेजर ११० प्लस
हिरोले यो स्कुटर १ लाख ८४ हजारको हाराहारीमा सार्बजनिक गर्ने भएको छ । भारतीय बजारमा केही समय अगाडिमात्रै सार्बजनिक भएको यो स्कुटर मेटल ह्वील र अलोय ह्वील भेरियन्टमा बिक्री भैरहेको छ ।
पुरानो मोडलको तुलनामा आकर्षक डिजाइन र नयाँ विशेषतासहित आएको यस स्कुटरमा नयाँ डिजाइनको हेडल्याम्प राखिएको छ । यसले स्कुटरलाई रेट्रो लुक प्रदान गरेको छ । यसको फ्रन्ट साइडमा नयाँ प्यानल लगाइएको छ भने रियरलाई आकर्षक लुक दिइएको छ । दुबै साइडको प्यानलमा सिल्भर कलरको हाइलाइट गरिएको छ । इन्स्ट्रुुमेन्ट कन्सोललाई नयाँ स्वरुप दिइएको छ भने, नयाँ डिजीटल डिस्प्ले लगाइएको छ ।
यसमा उपलब्ध ११० सीसी सिंगल सिलिन्डर इन्जिनले ८.१ एच पावर र ८.७ एनएम टर्क उत्पादन गर्छ । यसको रेगुलर मोडलमा उपलब्ध १०२ सिसि इन्जिनले भने ७ बिएचपी पावरका साथै ८.१ एनएम टर्क उत्पादन गर्छ ।
१०१ किलोग्राम नयाँ प्लेजर स्कुटरको फ्रन्टमा १३० एमएमको ड्रम ब्रेक लगाइएको छ । स्कुटरमा इन्ट्रीग्रेटेड ब्रेकिंग सिस्टम लगाइएको कम्पनीले जनाएको छ । यी दुई नयाँ मोडलको अलवा कम्पनीले एक्सट्रिम २०० आर मोटरसाइकल र हिरो डेस्टिनी १२५ स्कुटरको प्रदर्शन तथा बिक्री गर्ने भएको छ ।
क्याटेगोरी : नवप्रर्बतन
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस