• जीवनशैली | Jiwanshaili
  • एक प्याकेट आलु चिप्सको मूल्य ६ हजार


    फास्टफुडमा निकै मन पराइने आलु चिप्सको एक प्याकेटको मूल्य ४० देखि २ सय रुपैयासम्म पाइन्छन् । तर दुनियाकै सबैभन्दा महंगो आलु चिप्सको मूल्य प्याकेटको करिव ६ हजार रुपैया पर्छ ।

    दुनियाको सबैभन्दा महंगो आलु चिप्सको प्याकेटको मूल्य ५६ डलर अर्थात् झण्डै ६ हजार रुपैयाँ पर्दछ । यो एक प्याकेटमा जम्मा पाँच टुक्रा मात्र चिप्स हुन्छन् । अर्थात् एउटै टुक्राको मूल्य १२ सय रुपैयाँको हाराहारीमा पर्दछ । यो महंगो आलु चिप्सलाई स्वीडेनको कम्पनी सेन्ट एरिक्स ब्रुअरीले उत्पादन गरेको हो ।

    सामान्य जस्तो देखिने यो चिप्सको प्याकिङ यसरी गरिएको छ कि हेर्दा कुनै आलु चिप्सको प्याकेट नभई महंगो गहनाको प्याकेट जस्तो देखिन्छ । यो चिप्स बजारमा सर्वसुलभ रुपमा उपलब्ध नभई ग्राहकको अर्डर पछि मात्र उत्पादन गरिन्छ । साथै सक्कली वा नक्कली पहिचान गर्न सकियोस् भनेर चिप्सको डब्बामा कम्पनीको एक प्रमाणपत्र पनि राखिएको हुन्छ ।

    यो आलु चिप्स उत्पादन गर्ने कम्पनीका अनुसार यसमा प्रयोग गरिने प्याज पनि दुर्लभ जातको हो । जुन केवल लेकस्याण्ड सहरमा मात्र उत्पादन हुने गरेको छ ।


    क्याटेगोरी : नवप्रर्बतन

    प्रतिक्रिया दिनुहोस