महिला एक्सनले भरिएको नम्रताको‘जाइरा’, भदौ ६बाट प्रदर्शनमा

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा महिलाको एक्सन भरिएको फिल्म कम बन्ने गरेको छ । केही पहिले एक दुई निर्माण भएपनि पछिल्लो समय यस्ता फिल्म निर्माण भएको छैन भन्दा फरक पर्दैन ।
आउँदो ६ भदौबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘जाइरा’ भने महिला एक्सनल भरिएको फिल्म हो । फिल्ममा अभिनेत्री नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छन् ।
निर्माण युनिटले फिल्म प्रचारका लागि सार्वजनिक गरेको ट्रेलरमा समेत नम्रताको एकसेएक एक्सन समेटिएको छ । यस अगाडि फिल्म पर्दामा लभर गर्लको भूमिकामा निकै जमेकी नम्रताले एक्सनमा पनि आफ्नो उपस्थिती दर्बिलो हुने बताइन् ।
एक महिलाको प्रतिशोधको कथामा निर्माण भएको यो फिल्ममा नेगेटिभ रोल अर्थात् भिलेनमा पनि महिलालाई नै प्रस्तुत गरिएको छ । नव अभिनेत्री श्रृजना रेग्मी फिल्ममा ‘बुलेट’ नामक भिलेनको भूमिका निर्वाह गरेकी छन् ।
फिल्मको ट्रेलरमा पनि उनको नम्रता र उनले दमदार एक्सन देख्न सकिन्छ । फिल्ममा अहिलेसम्मकै पावरफूल भिलेको भूमिकामा श्रृजना रहेको कार्यकारी निर्माता प्रसन्न गोपालीले बताए ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि श्रृजनाको लुक्स र एक्सनको समेत चर्चा हुन थालेको छ । रिलिज अगावै उनलाई एक्सनमा राम्रो सम्भावना बोकेको अभिनेत्रीको रुपमा हेर्न थालिएको छ ।
केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफुले सक्दो राम्रो एक्सन दिने प्रयास गरेको बताइन् । फिल्ममा नम्रता र श्रृजनाका अलावा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सुजता श्रेष्ठ, सम्राट मगरलगायतको पनि अभिनय छ ।
आशुतोषराज श्रेष्ठको निर्देशन रहेको फिल्म कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतिमा बनेको हो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस