मोबाइलमा धेरै भुल्ने बानी छ, तपाईको स्वास्थ्यमा यस्ता गम्भीर असर देखिन सक्छ

अहिले स्मार्ट फोन सबैको हातहातमा हुन्छ । मोबाइलको धेरै प्रयोग गर्ने बानीले स्वास्थ्यमा गम्भीर खालको असर देखिने विज्ञहरु बताउँछन् ।
क्यालिफोर्नियाको सिमोन बोलिभोर युनिभर्सिटीको अध्ययनले दिनभर ५ घण्टा प्रयोग गर्दा मोटोपन बढ्ने खतरा ४३ प्रतिशतसम्म बढ्नसक्ने पाइएको छ । अध्ययनमा मोबाइलमा व्यस्त रहँदा शारीरिक गतिविधि नहुनु र धेरै खानेकुरा खानु पनि सामेल छ ।
अध्ययनमा १ हजार विद्यार्थी सामेल थिए । जुन देखि डिसेम्बर २०१८ मा यो अध्ययन गरिएको थियो । सो अध्ययनअनुसार मोबाइल अत्यधिक प्रयोग गर्ने विद्यार्थी पेय पदार्थ, फस्ट फुडलगायतका खाना खान्छन् । साथै अभ्यास कम गर्छन् ।
यसले मानिसको मेटाबोलिज्म सुस्त हुन थाल्छ र निद्रा नलाग्ने समस्या बढ्छ । जसको कारण तौल बढ्न थाल्छ । शोधकर्ता तथा हृदय रोग विशेषज्ञ प्रोफेसर मिरेरी मेन्टीला–मोरोनका अनुसार अध्ययनमा बिरामिको हातमा भएको मोबाइल स्वास्थ्य बिगार्ने प्रमुख कारण हो ।
लगातार मोटोपना बढ्नुले मुटुको रोग पनि लाग्न सक्छ । अनुसन्धानमा पाइएअनुसार २५ प्रतिशत विद्यार्थी धेरै तौलका थिए । जो प्रतिदिन ५ घण्टाभन्दा बढी समय मोबाइल चलाउँथे ।
टेक्सासका राइस युनिभर्सिटीका अनुसार फोनको अत्यधिक प्रयोग गर्ने मानिसलाई फास्ट फुड दिने हो भने उनीहरुको आफूमाथिको नियन्त्रण कम हुन्छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस