• जीवनशैली | Jiwanshaili
  • डब्ल्यूएचओको चेतावनीः २०५० सम्म विश्वमा २५ प्रतिशत मानिसहरु बहिरोपनबाट ग्रसित हुन सक्ने


    विश्व स्वास्थ्य संगठनले २०५० सम्ममा संसारमा प्रत्येक ४ जना मानिसमध्ये ​​१ जना बहिरो हुन सक्ने तथ्यांक देखाएको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत मंगलबार सार्वजनिक गरेको विश्वव्यापी प्रतिवेदनमा उक्त दाबी गरेको छ। उक्त रिपोर्टका अनुसार २०५० सम्ममा संसारमा बहिरो भएकाहरूको संख्या २५० करोड हुनेछ। विश्व स्वास्थ्य संगठनले पहिलो पटक कानको समस्याको बारेमा विश्वव्यापी प्रतिवेदन जारी गरेको छ। डब्ल्यूएचओको रिपोर्टले भन्छ कि यस्ता घटनाहरू संक्रमण, रोग, जन्मजात रोग, ध्वनि प्रदूषण र जीवनशैली गडबडी नियन्त्रण गरेर रोक्न सकिन्छ। यी कम गर्नका लागि उपचार र रोकथाम नीतिमा ध्यान दिन जरुरी छ।

    रिपोर्टका अनुसार हाल ५ मध्य ​​१ जनामा ​​सुन्ने समस्या छ। सन् १९१९ मा विश्वव्यापी रूपमा बहिरापनको १६० करोड घटनाहरू फेला परेको थियो। २०५० सम्ममा ७० करोडलाई गम्भीर अवस्थामा उपचारको आवश्यक पर्न सक्छ। डब्ल्यूएचओले उक्त प्रतिवेदनमा उल्लेख गराए अनुसार, समयमै उपचार नलिनु पनि बहिराहरूको अवस्था बढ्ने प्रमुख कारण हो। यसका ८० प्रतिशत घटनाहरू कम आय भएका देशहरूमा हुन्छन्।

    संयुक्त राष्ट्र संघको एक प्रतिवेदनमा भनिएको छ, ‘स्मार्टफोनमा संगीत सुन्दा र लगातार ठूलो आवाजमा सघाउँदा विश्वव्यापी १ अर्बभन्दा बढी मानिसहरू श्रवण शक्ति गुम्न सक्ने खतरामा छन्। १२ देखि ३५ वर्षबीचका मानिसहरू यसको जोखिम क्षेत्रमा छन्। विश्व स्वास्थ्य संगठनले यस समस्यामा विश्वव्यापी ७५० मिलियन खर्च हुने अनुमान गरेको छ।’ डब्ल्यूएचओका प्राविधिक अधिकारी शैली चड्ढाका अनुसार विश्वभर एक अरब भन्दा बढी युवाहरू स्मार्टफोनमा छिटो गीतहरू सुन्न रमाउँछन्। तिनीहरूले यसको लागि ईयरफोन वा हेडफोन प्रयोग गर्छन्। यसले तिनीहरूलाई बहिरो बनाउने वा तिनीहरूको श्रवण शक्ति गुमाउन सक्ने सम्भावना उच्च रहेको छ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार