आधुनिक युगको प्रमुख समस्या बन्दै लागुऔषध
सन् १९८७ मा संयुक्त राष्ट्र संघको घोषणापत्र अनुसार जुन-२६ को दिनलाई ‘अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरूद्धको दिवस’ घोषणा गरिएको छ । तथ्यांकअनुसार विश्वमा लागुऔषधको प्रयोग र तस्करीमा युवावर्ग नै अत्यधिक संलग्न भएको पाइएको छ । सन् २०२० को तथ्यांकले विश्वमा ३६ लाख मानिस लागुऔषधको दुर्व्यसनीमा फसेको देखाएको छ ।
लागुऔषध तस्करी र प्रयोगमा युवाहरू फस्नुको मुख्य कारण अशिक्षा, गरिबी, बेरोजगारी र छोटो समयमा धेरै पैसा कमाउने लालच रहेको अनुसन्धानको निचोड छ । अनुसन्धानअनुसार कुनै न कुनै लागुऔषधको अनियन्त्रित र असामान्य प्रगोगका कारण विश्वमा हरेक वर्ष १ लाख ९० हजारले ज्यान गुमाउने गरेका छन् ।
खुला सिमानाका कारण नेपालमा पनि लागुऔषध प्रयोग र तस्करीले समाजमा प्रभाव पारेको देखिन्छ । नेपालमा गाँजाको अनाधिकृत खेती र प्रयोग अनि छिमेकी राष्ट्रबाट सहजै आयात गर्न सकिने विभिन्न लागुपदार्थ र फितलो राज्य व्यवस्थाका कारण जटिल समस्याहरू बढेर जाने अनुमान सहजै लगाउन सकिन्छ ।
लागुऔषध दुर्व्यसनी र तस्करीले देशको जनशक्तिमा प्रत्यक्ष प्रभाव त परेको छ नै साथ साथै विभिन्न सामाजिक अपराधहरू दिनानुदिन बढ्नुका साथै लागुऔषध दुर्व्यसनीका कारण विभिन्न रोगहरू पनि बढेर गएका छन् । जुन नेपाली समाजका लाागि निकै नै चुनौतिको विषय बनेको छ । सडक बालबालिका र युवा वर्ग लागुऔषध दुर्व्यसनीको उच्च जोखिममा रहेका छन् ।
लागुऔषध दुर्व्यसनी र तस्करी हटाउन सरकारी तवरबाट पनि विभिन्न खालका प्रयासहरू भएको देखिन्छ तर दीर्घकालिन समाधान खोज्न नसक्नुको मुख्य कारण भने अस्थिर राजनीतिक अवस्था पनि हुन सक्छ । विभिन्न सरकारी तथा गैर सरकारी संस्था तथा सुधार केन्द्रहरू पनि लागुऔषध दुर्व्यसनी कम गर्ने उद्देश्यले नेपालभरी नै थुप्रै ठाँउहरूमा खोलिएका छन् । यसको नतिजा पनि त्यति प्रभावकारी भने देखिएको छैन । नेपालमा लागुऔषध दुर्व्यसनी र तस्करीले निकै गहिरो जरा गाड्दैछ भन्ने कुरा हामीले अनुमान लगाउन सक्छौँ ।
लागुपदार्थ तथा अवैध तस्करी हुनुका कारण
हामीले जतिसुकै आधुनिक भने तापनि लागुपदार्थ दुव्यैसनीको विषयलाई लिएर हाम्रो चेतनाको स्तर हेर्ने हो भने त्यो निकै नै कम छ । लागु पदार्थका बारेमा सहि र उचित ज्ञानको कमी त छ नै साथमा नेपाली समाजको भ्रम र अन्धविश्वास धेरै नै छ । लागु पदार्थ के हो तथा यसको प्रयोग किन बढिरहेको छ ? यसको समाधान के होला भन्ने बारे उचित ज्ञान आजको आवश्यकता हो ।
बाल्यअवस्थादेखि नै यो विषयमा ज्ञान दिएर सचेत गराउनु पर्ने अवस्थामा अभिभावक आफै लागस पदार्थको विषय लिएर परिवारभित्र छलफल गर्न अझै हिच्किचाएको पाइन्छ । लागु पदार्थ दुर्व्यसनी भन्ने बित्तिकै गलत सोच राख्नु पनि शिक्षाको कमी हो । हरेक अभिभावकहरूले लागु औषध दुर्व्यसनीको बारे आफ्ना बालबच्चाहरूसंग छलफल गर्ने गर्नाले परिवारमा सचेताना बढ्ने मौका मिल्छ र लागुऔषध दुर्व्यसनीमा फस्ने सम्भावना पनि कम हुन्छ ।

हाम्रो अर्को ठुलो समस्या भनेको हाम्रो सोच पनि हो । यदि छिमेकमा कोहि लागुपदार्थ दुर्व्यसनीमा फसेका छन् भने उनीहरूलाई हेर्ने दृष्टिकोण पनि गलत छ । लागुपदार्थको सेवन गर्नेहरू भनेको मानसिक रूपमा बिरमी व्यक्तिहरू हुन् । उनीहरूलाई सद्भाव र प्रेमका साथ व्यवहार गर्ने हो भने दुर्व्यसनीबाट बाहिर आउन धेरै नै मद्दत पुग्छ । केहि न केहि कारणले कोहि व्यक्ति लागुऔषधको कुलतमा परेका हन्छन् र त्यो कारण बुझेर हामीहरूले उसलाई त्यसबाट निकाल्न मद्दत गर्न सक्छौँ ।
तर हाम्रो समाजमा दुर्व्यसनीमा लागेको व्यक्तिलाइ त नराम्रो व्यवहार गरिन्छ नै साथमा उसको परिवारहरूलाई पनि राम्रो नजरले हेर्ने गरिदैन । जसका कारण लागुऔषधको दुर्व्यसनीमा फसेका व्यक्तिहरू समाजबाट तिरस्किृत भइ चोरी, बलात्कार, डकैति, घरेलु हिंसा जस्ता सामाजिक अपराध गर्न थाल्छन् । त्यसकारण समाजबाट दुर्व्यसनी र दुर्व्यसनीबाट आउन सक्ने समस्याहरू हटाउनका लागि हामी सबैको भुमिका रहन्छ ।
नेपालमा मात्र होइन विश्वमा नै लागुऔषध दुर्व्यसनी र तस्करी एउटा विकराल समस्या बन्दै गइरहेको अवस्था छ । लागु औषधको प्रयोग संगसंगै तस्करी र कारोवार गरेर छिटो पैसा कमाउने मनसायले पनि युवाहरू यस्तो गैरकानुनी र आपराधिक क्रियाकलापमा लाग्ने गरेका पाइएको छ । अब यसको पनि कारण भनेको बेरोजगारी हो । रोजगारीको अवसर नपाएर भौतारिएकाहरूले शुरूमा लागुऔषध आफुले प्रयोग गर्ने र विस्तारै तस्करीमा लाग्ने ग गर्दछन् ।
त्यसैले राज्यको दायित्व भनेको दुर्व्यसनीमा फसेकालाई त्यसबाट बाहिर निकाल्नु मात्र होइन तर लागुऔषधको दुर्व्यसनीमा नै फस्न नदिन विभिन्न कार्यक्रम र योजनाहरू ल्याउन अति आवश्यक देखिन्छ । विभिन्न वर्गलाइ तह मिलाएर रोजगारीको अवसर र हौसलाको वातावरण सरकारी पक्षदेखि घरघरबाट बनाइने हो भने पनि दुर्व्यसनीमा फस्नेको संख्यामा न्युनीकरण गर्न सकिन्छ ।
यहाँ सुधार केन्द्रहरूको संख्या र व्यवसाय बढ्दै गएको देखेका छौं र हामी हाम्रो घरमा कोहि दुर्व्यसनीमा छन् भने राम्रो सुधार केन्द्रको खोजीमा गल्ली गल्ली धाउछौँ । सुधार केन्द्रको पनि आफ्नै भुमिका छ तर त्यहाँसम्म पुग्न नै नदिने बारेमा पनि सोच्न जरूरी हन्छ । के कारण यस्तो भयो र अब दुर्व्यसनीबाट बाहिर आउनका लागि के गर्ने भन्ने बारेमा हामीले कत्ति पनि अध्ययन गरेका हुदैनौँ ।
हामीले लागुऔषधको बारेमा उचित ज्ञान लिन र दिन अति नै आवश्यक छ । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरूद्धको दिवसको दिनदेखि नै हामी सबैले लागुऔषधको कारोवार र तस्करविररुद्ध एक भएर लागुऔषध दुर्व्यसनी र यसबाट आउन सक्ने चुनौतिहरूलाई कम गर्न अघि बढ्नु पर्ने देखिन्छ ।
(एजेन्सीको सहयोगमा)
क्याटेगोरी : खोज/विशेष, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस