• जीवनशैली | Jiwanshaili
  • जम्मा ९ डलर चोरीको सजाय आजीवन कैद, एक अमेरिकीको व्यथा


    विली सिमन्स संयुक्त राज्य अमेरिकाको अलाबामाका ६२ वर्षीय अस्वेत नागरिक हुन्।
    ९ डलर ( करीब ९०० नेपाली रुपौयाँ) चोरेकोमा उनलाई सन् १९८२ मा जेल पठाईयो। उनलाई डकैतीमा दोषी ठहराइएको थियो ।

    अलाबामाका समाचार माध्यम डब्ल्यूबीआरसी’का एक संवाददाता बेथ शेलबर्न विली सिमन्ससँग कुराकानी गरेपछि ट्विटर मार्फत यस्तो समाचार सार्वजनकि गरेका हुन् ।

    शेल्बर्न बताउछन्, सिमन्स एक सेनाका अनुभवी जवान हुन जो विदेशमा खटाइएका बेलामा लागूपदार्थको लतमा फसे । राज्यले सजायको निर्णय दिदाँ उनको उमेर मात्र २५ थियो । सन् २००५ मा उनकी बहिनी बितिसके पछि उनीसँग कारागारमा भेट्न आउने कुनै आगन्तुक पनि रहेनन्। उनलाई अलाबामाको होल्म्यान सुधार गृहमा कैद गरिएको छ जुन देशकै सबैभन्दा हिंस्रक कारागार मध्ये एक मानिन्छ।

    राज्यले सजायको निर्णय दिदाँ उनको उमेर मात्र २५ थियो । सन् २००५ मा उनकी बहिनी बितिसके पछि उनीसँग कारागारमा भेट्न आउने कुनै आगन्तुक पनि रहेनन्।

    जुन अपराधको कारण उनलाई जीवनभर जेलमा हालियो त्यो अपराधलाई उनले नकारेका भने छैनन् । । उनी स्वीकार गर्छन् त्यसबेला उनी “ उच्च लागूपदार्थ” को लतमा थिए । लागु पदार्थको लतमा भएका बेला उनले एकजना मानिसलाई भुईंमा पछारेका थिए र त्यस मान्छेको वालेटमा रहेको ९ डलर चोरि गरेका थिए ।

    ‘यस्तो ठाउँमा रहँदा यस्तो लाग्छ की आफु नितान्त एक्लो उभिइरहेको छुँ । मलाई कल गर्न वा मलाई भेट्न आउन समेत बाहिर कोही छैन, कहिले काहिँ लाग्छ म बाहिर अन्तरिक्षमा एक्लो हराएको छु ।’

    अदालतमा आफ्नाे सुनुवाई लगभग २५ मिनेट मात्र चलेको सिमन्स स्मरण गर्छन्।

    त्यसबेला उनको तर्फबाट वकालत गर्न नियुक्त गरिएका वकिलले उनको सुनुवाईका क्रममा कुनै साक्षीलाई समेत बोलाएनन् । अभियोजन पक्षले पनि कुनै मुद्दाको प्रस्ताव पेश गरेन किनकि उसको अपराधहरु अहिंसक थियो। उनीहरूले यति भने कि हामी सडकको भलाईको तपाईँलाईबाट जोगाउन सक्दो कोशिश गरिरहेका छौं ।

    वर्षौ सम्म उनले धेरै पटक आप्mनो फैसलाको पुन सुनुवाइको लागि अदालत समक्ष अपील गरे । कुनै वकिलबिना नै उनले दायर गरेको अपील पटक पटक अस्वीकार गरियो । उनी भन्छन्, ‘यस्तो ठाउँमा रहँदा यस्तो लाग्छ की आफु नितान्त एक्लो उभिइरहेको छुँ । मलाई कल गर्न वा मलाई भेट्न आउन समेत बाहिर कोही छैन, कहिले काहिँ लाग्छ म बाहिर अन्तरिक्षमा एक्लो हराएको छु ।’

    सन् २०१४ मा अमेरिकाका संसदले सिमन्स जस्ता सजाय भोगिरहेकाहरुलाई अभ्यस्त अपराधी भन्दै सुनुवाईको लागि पुन अपील गर्नसक्ने अधिकारबाट बञ्चित गरेको छ । यद्यपि सिमन्स अझैपनि आशावादी छन् कि उनी माथि भएको सजायमा कुनैदिन पुनर्विचार हुनेछ ।

    उनी भन्छन्, ‘म आशावादी छु, म प्रार्थनापनि गरिरहेको छु । म हार मान्दिन ।’

    यस बाहेक, सिमन्सका अझै सपनाहरु देख्छन् । उनलाई विश्वास छ, एक दिन उनी स्वतन्त्र हुनेछन् र एक सामान्य जीवन बिताउने छन्।

    ‘मेरो आशा छ, कुनै दिन म यहाँबाट निस्कनेछु । मेरो पनि एउटी जिवनसाथी हुनेछिन् र त्यसपछि म मानिसहरुलाई बताउनु छु की लागुपदार्थ कति खराब हुन्छ । ’ सिमन्स भन्छन् ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार