‘वार’को धमकेदार ट्रेलर सार्वजनिक
यशराज ब्यानरले निर्माण गरेको चलचित्र ‘वार’को धमकेदार ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा विशेषगरि नायक ऋतिक रोशन र टाइगर श्राफविचको भिडन्त देखाइएको छ । चलचित्रमा नायिका बाणी कपुरलाई भने ग्ल्यामर अवतारमा प्रस्तुत गरिएको छ ।
यो चलचित्र अगष्ट २ अर्थात असोजको १५ गतेबाट रिलिज हुँदैछ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको यो चलचित्रलाई आदित्य चोपडाले निर्माण गरेका हुन् । चलचित्रमा आदित्य र सिद्धार्थकै कथा छ । विशाल एन्ड शेखरको संगीत रहेको चलचित्रलाई वेन्जामिन जास्पेरले खिचेका हुन् ।
चलचित्रको ट्रेलरमा ऋतिकलाई गुरु र टाइगरलाई शिष्यको रुपमा देखाइएको छ । तर, गुरुले गद्धारी गरेपछि गुरुसँगै नै भिडन्त गर्न पुगेका टाइगरले चलचित्रको कथा मोड्नेछन् भन्ने वुझ्न सकिन्छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस