प्रभासको क्रेजका कारण चलचित्र साहोले रिलिजको दिनमानै बजारमा तहल्का मच्चायो
काठमाडौं– बलिउड चलचित्र ‘साहो’ आजबाट दर्शकमाझ आएको छ । प्रदर्शन अगावै विभिन्न रेकर्ड बनाएको चलचित्र साहोले नेपाली दर्शकलाई पनि एका विहानै हलसम्म तान्न सफल भएको छ ।
टिकट बुकिङ उच्च भएपछि काठमाडौंका केही हलहरुमा विहान ६ः३० बजेबाट नै पहिलो शो देखाइएको छ । चलचित्र बाहुबलीबाट एकाएक चर्चामा आएका प्रभासको क्रेजका कारण पनि साहोले चलचित्र बजारमा तहल्का मच्चाएको हो ।
नेमाका नेपाल वितरक मनोज राठीले ‘साहो’को नेपाल प्रदर्शनका लागि करिब १ करोड २० लाख भारू खर्चिएको बताएका छन् । चलचित्र ल्याउनका लागि नेपाली वितरकबीच पनि प्रतिष्पर्धा भएकाले सिनेमा महँगो रकममा नेपाल भित्रिएको उनले बताए।
महँगोमा नेपाल भित्र्याइएको साहोले मल्टिप्लेक्सहरूले उच्च संख्यामा शो पाएको छ । नेपालका क्यूएफएक्स सिनेमाज्ले ुसाहोुलाई ६१ शो दिएका छन। उपत्यकामा मात्रै सिनेमाले ३७ शो पाएको छ। यस्तै बिग मुभिजले शुक्रबार आफ्नो ३ पर्दामा १५ शो उपलब्ध गराएको छ। उसले बिहान ७ बजेदेखि शो राखेको छ।
यस्तै चाबहिलमा रहेको ३ पर्दाको मल्टिप्लेक्स एफक्यूब बिग मुभिजमा बिहान साढे ६ बजेदेखि नै सिनेमाको शो राखेको छ। एफक्युबमा ुसाहोुको १३ शो छ। नेपालका करिब सय हलमा एकसाथ प्रदर्शनमा आएको छ । सिनेमाले रिलिजको दिन १ करोड नेपाली हाराहारीको व्यापार गर्ने अनुमान छ।
सिनेमा भारतमा पनि एक साथ चार भाषामा करिब १० हजार पर्दामा रिलिज हुँदैछ। सिनेमा करिब ३५० करोड भारूको बजेटमा तयार भएको हो।
यसैबीच आजैबाट नेपाली चलचित्र मारुनी पनि प्रदर्शनमा आएको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको भनिएको चलचित्रमा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस