भद्रगोलबाट बाहिरिएको टिमले नया टेलिशृंखला बनाउने

काठमान्डौ , हास्य टेलीशृंखला बाट बाहिरिएको भद्रगोल टिमले नया टेलिशृंखला बनाउने भएको छ । मिडिया हबले भद्रगोलको ट्रेडमार्क अफ्नो नाममा दर्ता गरेको कारण यो टिमले नया शृंखला बनाउन लागेको हो । कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाडेको लेखन निर्देशनमा निर्माण हुन् लागेको शृंखलाको नाम भने गोप्य राखिएको छ ।उक्त शृंखला असोज २ देखि नेपाल टेलिभिजनमै आउने बताइएको छ । उता नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आयो । तर, गत शुक्रबार प्रशारित नयाँ एपीसोडले दर्शकलाई खुशी पार्न सकेको भने देखिएन ।
भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोल पुनः सुरू गरेको हो । नयाँ श्रृंखलाको निर्देशनको जिम्मेवारी ज्योती काफ्ले (नक्कली बाबुराम भट्टराई) र अशोक धिताल (बाहुन डन)ले लिएका छन् ।गत शुक्रबार प्रशारित २ सय २० औं एपीसोडको कथा पुरानै एपीसोडहरुको निरन्तरता जस्तो गरी बुनिएको छ । तर, दर्शकलाई बाँधेर राख्ने खालको कथावस्तु छैन । साथै, पुरानो टिमका कोही पनि नहुँदा दर्शक निराश बनेका हुन् ।यूट्यूवमा भद्रगोलको उक्त एपीसोड छैटौं नम्बरमा ट्रेन्डिङ छ ।
यसले झण्डै सात लाख भ्यूज पनि पाएको छ । तर, उत्पादकका लागि चिन्ताको विषय के भने यसमा लाइकभन्दा धेरै संख्यामा डिसलाइक आएका छन् । अहिले यो समाचार तयार पार्दा यूट्यूवमा सो एपीसोडमा १७ हजार लाइक र २४ हजार डिसलाइक देखिएका छन् ।यति मात्र होइन, यसमा आएका १२ हजार भन्दा बढी प्रतिक्रियाहरुमध्ये अधिकांश नकारात्मक छन् । अधिकांसले पुरानो टिमलाई फर्काउने माग गरेका छन् । कतिपयले अब भद्रगोल नहेर्ने घोषणा पनि गरेका छन् ।उत्पादक मिडिया हवसँग विविध विषयमा कुरा नमिल्दा जिग्री-पाँडेको समुह भद्रगोलबाट अलग भएको हो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस