कविताःयुवा
छन्द-अनुष्टुप
राष्ट्रमा राष्ट्र होस् मात्र छिमेकी बाट बच्नु छ
दशगजा र सुस्ताको निसाफ न्याय माग्नु छ
यो सिमाना सिमानामा काँडे तार गरौँ युवा
गोर्खाली वीर पुर्खा झैँ अर्को युद्ध लडौँ युवा
नेता भ्रष्ट दलाली छन् जानी जानी बुझाउने
कोसी सेती महाकाली र गण्डकी दुखाउने
हिजोका सन्धि मान्दैनौं भनी दागा धरौँ युवा
गोर्खाली वीर पुर्खा झैँ अर्को युद्ध गरौँ युवा
रामराजा तिमल्सिना
नुवाकोट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस