काठमाण्डौ आएकी सन्नी लियोनीलाई पञ्चकन्याको स्वागत

नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् ।

बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् । हल परिसरमा सन्नी पुग्दा लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो ।

ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु हल परिसरमा सहभागी हुँदा सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।
पासवर्ड अहिलेसम्मकै बिग बजेटको फिल्म भएको आफूले ठानेको बताउँदै सन्नीले आगामी दिनमा पनि नेपाली फिल्म खेल्ने प्रतिवद्धता जनाइन् ।

यो क्रममा निर्माण पक्षले सन्नीको पूरा भूमिका रहने गरी नयाँ फिल्म बनाउने घोषणा समेत गर्यो । हल परिसरमा छोटो कुराकानी पछि उनी अन्य आमन्त्रितहरुसँगै फिल्म हेर्न हल प्रवेश गरेकी थिइन् ।
प्रिमिरयमा कलाकार भुवन केसी, कलाकार दीपाश्री निरौला, अशोक शर्मा लगायत समेत देखिएका थिए ।
शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस