काठमाण्डौ आएकी सन्नी लियोनीलाई पञ्चकन्याको स्वागत
नेपाली चलचित्र ‘पासवर्ड’ मा आइटम डान्स गरेकी बलिउड अभिनेत्री सन्नी लियोनी सोही फिल्मको प्रिमियरमा सहभागी हुन नेपाल आएकी छिन् ।

बिहीबार अपरान्ह त्रिभुवन विमानस्थल उत्रिएकी उनी राती कमल पोखरीस्थित कुमारी हलमा आयोजित फिल्म प्रिमियरमा सहभागी बनिन् । सन्नी साढे ६ बजे नै कुमारी हल पुग्ने भनिएपनि राती पौनै ९ बजेमात्रै त्यहाँ पुगेकी थिइन् । हल परिसरमा सन्नी पुग्दा लाखे नाच र पञ्चकन्याले स्वागत गरिएको थियो ।

ठूलो संख्यामा मिडियाकर्मी र फ्यानहरु हल परिसरमा सहभागी हुँदा सन्नीले नेपाली फिल्मको हिस्सा हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् ।
पासवर्ड अहिलेसम्मकै बिग बजेटको फिल्म भएको आफूले ठानेको बताउँदै सन्नीले आगामी दिनमा पनि नेपाली फिल्म खेल्ने प्रतिवद्धता जनाइन् ।

यो क्रममा निर्माण पक्षले सन्नीको पूरा भूमिका रहने गरी नयाँ फिल्म बनाउने घोषणा समेत गर्यो । हल परिसरमा छोटो कुराकानी पछि उनी अन्य आमन्त्रितहरुसँगै फिल्म हेर्न हल प्रवेश गरेकी थिइन् ।
प्रिमिरयमा कलाकार भुवन केसी, कलाकार दीपाश्री निरौला, अशोक शर्मा लगायत समेत देखिएका थिए ।
शनिबार भारत फर्किने तालिकासहित नेपाल आएकी सन्नीले शुक्रबार नेपालका केही ठाउँका भ्रमण समेत गर्ने बताइएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस