• जीवनशैली | Jiwanshaili
  • तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो,अब फेसबुकलाई थाहा हुने


    तपाइँले अन्तिम पटक कहिले यौन सम्पर्क गर्नुभयो रु यो कुरा फेसबुकलाई थाहा हुन्छ । यतिमात्र होइन महिलाहरुको महिनावारी चक्र तथा उनीहरुले प्रयोग गरेका गर्भनिरोधक साधनहरुको बारेमा पनि फेसबुकले थाहा पाउँछ ।

    प्राइभेसी इन्टरनेसनलको एक रिपोर्ट अनुसार महिलाहरुले प्रयोग गर्ने पिरियड ट्रयाकर एपले उनीहरुको स्वास्थ्यसम्बन्धी विभिन्न नितान्त व्यक्तिगत जानकारीहरु राख्दछ र त्यसलाई तेश्रो पक्षलाई समेत प्रदान गर्दछ । त्यस्ता तेश्रो पक्ष अर्थात् थर्ड पार्टी सर्भिसहरुमा विश्वको सबैभन्दा लोकप्रिय सोसल नेटवर्किङ्ग साइट फेसबुक समेत रहेको छ ।

    ५० लाख पटक डाउनलोड

    बजफिडको एक रिपोर्ट अनुसार प्राइभेसी इन्टरनेसनलले हालै एउटा अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानमा पाइए अनुसार महिलाहरुको महिनावारीलाई ट्रयाक गर्ने दुईवटा सबैभन्दा लोकप्रिइ एप ःबथब र ःष्ब ले फेसबुक सफ्टवेयर डेभलपमेन्ट किटको माध्यमबाट थर्ड पार्टी एप्स तथा वेबसाइटसँग आफ्नो प्रयोगकर्ताका यस्ता निजी जानकारीहरु शेयर गर्दछन् । रिपोर्ट अनुसार यसरी संवेदनशील जानकारी शेयर गर्ने माया एप गुगल प्ले स्टोरमा अहिलेसम्म ५० लाख पटक डाउनलोड भैसकेको छ भने मिया एप २० लाख पटक डाउनलोड भैसकेको छ ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार