आइफोन ११ प्रोको कारण नायिका सारालाई ट्रिपोफोबिया रोग
साना प्वालहरु देखेर डर लाग्ने रोग भएका व्यक्तिले एप्पलले हालै सार्वजनिक गरेको नयाँ फोन आइफोन ११ प्रोले आफ्नो डर थप बढाइदिएको आरोप लगाएका छन् ।
मंगलबार सार्वजनिक भएको उक्त फोन हेरेपछि धेरैको ध्यान त्यसको ‘अल्ट्रा वाइड’ रियर क्यामरा र एकैठाउँमा राखिएका तीन शक्तिशाली लेन्समा केन्द्रीत भएको थियो ।
ती लेन्स ह्यान्डसेट टर्च र अडियो जुम माइक्रोफोनसँगै राखिएका छन् ।
र सयौं स्मार्टफोन प्रयोगकर्ताले आइफोनको यो नयाँ डिजाइने उनीहरुको ‘ट्रिपोफोबिया’ लाई वृद्धि गरिरहेको दाबी गरेका छन् । ट्रिपोफोबिया थुप्रै स–साना प्वालहरु देख्दा लाग्ने डर हो ।
ट्रिपोफोबियालाई सन् २००५ मा अनलाइन फोरम रेडिटमा प्रतिपादन गरिएको हो । त्यतिबेलादेखि यसबारे सोसल मिडियामा व्यापक कुरा हुने गर्छ ।
अमेरिकी हरर स्टोरी नायिका सारा पलसन र मोडल केन्डल जेनरले आफू यस्तै रोगबाट ग्रसित भएको बताउने गर्छन् ।
युनिभर्सिटी अफ इसेक्समा वैज्ञानिक डा। जियोफ कोलले साथी प्राध्यापक आर्नोल्ड वल्किन्ससँग मिलेर ट्रिपोफोबियाबारे पहिलोपटक अध्ययन गरेका हुन् ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस