प्रियंका चोपडा आमा बन्न आतुर
प्रियंका चोपडा बलिउडदेखि हलिउडसम्म आफ्नो पहिचान बनाउन सफल अभिनेत्रीका रूपमा परिचित छन् ।
प्रियंकाले निक जोनससँग बिहे गरेको आगामी डिसेम्बर महिनामा एक वर्ष पुग्दैछ । वैवाहिक जीवन प्रारम्भ गरेको एक वर्ष पुग्नै लाग्दा प्रियंकाको गर्भवती बन्ने बारेमा विभिन्न जिज्ञासाहरू राख्न थालिएका छन् । यसबारेमा उनले आफू चाँडोभन्दा चाँडो आमा बन्न चाहेको बताएकी छन् । हुन त प्रियंकाका श्रीमान् निकले यसअघि नै धेरैपटक आफूलाई स–साना बालबालिका औधी मनपर्ने बताउँदै आएका छन् । उनले प्रियंकासँग आफूलाई बुवा बन्न मन लागेको समेत बताइसकेका छन् ।
आमा बन्ने बारेमा चारैतिरबाट दबाब आएपछि अहिले अभिनेत्री प्रियंकाले पनि मुख खोलेकी छन् । उनले एक अन्तर्वार्तामा आफू चाँडोभन्दा चाँडो नयाँ घर किन्न तथा आमा बन्न चाहेको बताएकी छन् । उनले भनिन्, ‘मेरो लागि घर त्यहाँ हुन्छ, जहाँ म खुसी हुन्छु र जहाँ मेरो वरपर मलाई माया गर्ने मेरा आफ्ना मान्छेहरू हुन्छन् ।’ त्यस्तै, प्रियंकाले चाँडोभन्दा चाँडो नयाँ घर किनेर त्यही घरमा आमा बन्नु उनको अबका महत्वपूर्ण कार्यहरू हुने बताएकी छन् । उनी भन्छिन्, ‘आमा बन्नु र नयाँ घर किन्नु मेरो लागि सबैभन्दा महत्वपूर्ण काम हुन् ।’
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस