• जीवनशैली | Jiwanshaili
  • यी हुन् स्वर्गकै अनुभूत हुने संसारका उत्कृष्ट सात देश


    नेपालमा वायु प्रदूषणको कारण यहाँका नागरिक हरू आजित भई रहँदा आज हामी संसारका उत्कृष्ट सात देश जहाँ न्यून वायु प्रदूषणको साथमा सफा हावाको बारेमा चर्चा गर्नेछौँ । यी हुन संसारका उत्कृष्ट सात देशका सहर जहाँ स्वर्गकै अनुभूत हुने गर्दछ।
    १) आइस ल्यान्डः आइसल्यान्ड विश्वको सबैभन्दा सफा देश हो यहाँ प्राकृतिक सौन्दर्ययताको कारणले चर्चित छ । हिमताल ज्वालामुखी तथा झरनाहरूले भरिपूर्ण आइसल्यान्डमा सबैभन्दा धेरै मानिसहरू राजधानी रेकज्याभिकमा बसोबास गर्दछन् ।


    २) क्यानडाः क्यानडाको धरै क्षेत्रफलमा हरियाली देख्न पाइन्छ ।जसले औद्योगिक प्रदूषणलाई कम गर्दछ । साथै यहाँको सरकारले स्रोतहरूको संरक्षणको लागि कडा कानुनको निर्माण गरेकोले पनि यहाँ स्वच्छ हावा तथा वातावरण देख्न पाइन्छ ।


    ३) फिनल्यान्डः फिनल्यान्डले नवीकरणीय ऊर्जा प्रयोग गरे बापत यहाँको नागरिकलाई छुट प्रदान गर्ने गर्दछ । सरकारले सार्वजनिक यातायातको लागि नवीकरणीय ऊर्जा प्रयोग गर्ने कोसिस गरेको छ । यहाँको गाउँ मात्रै नभएर भिडभाड सहर पनि निक्कै नै स्वच्छ र सफा रहेको छ ।


    ४) ब्रुनाईः ब्रुनाई देश खासै चर्चामा नरहे पनि यहाँको व्यवस्थित औद्योगिकीकरण तथा स्वच्छ हावापानी भएको उदाहरणीय देश हो । एसियाको सबैभन्दा विकसित देशहरू मध्ये एक हो । धरै विकाश गर्दा पनि थोरै मात्र प्रदूषण गर्ने देशको सुचीमा रहन सफल भएको छ ।

    ५ )ईस्टोनीयाः ईस्टोनीया ठुलो देश नभए पनि यसको पुरा देशको आधा भन्दा बढी क्षेत्रफल जङ्गलले भरिएको छ । यही जङ्गलकै कारणले गर्दा अन्य छेउछाउका युरोपका देशहरू समेत सफा र स्वच्छ राख्न मद्दत गरेको छ। स्वच्छ हावा भएको देशको यो पाँचौँ नम्बरमा रहेको छ।


    ६) डेनमार्कः डेनमार्कको हावा पानी स्वच्छ रहनुको प्रमुख कारण यहाँको धेरै नागरिकले साइकल सवारी प्रयोग नै हो । यहाँको मानिस सँग रहेको कार भन्दा दुई प्रतिशत बढी साइकल रहेको छ । त्यसैले यहाँको हावा पानी स्वच्छ रहेको छ ।


    ७) न्युजिल्याण्डः न्युजिल्याण्डका मानिसहरू यहाँकोप्राकृतिक श्रोतलाई निक्कै नै प्रेम गर्दछन् । किनभने यहाँको मानिसहरूले प्राकृतिक श्रोतको महत्त्वलाई बुझेका छन् ।यहाँको सरकारले प्राकृतिक श्रोतको संरक्षणमा निक्कै नै कडा नियम अपनाउँदै आएका छन् ।यसैको कारण यहाँको वातावरण असाध्यै सफा र सुन्दर रहेको छ ।


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार