आजबाट ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज, दर्शकको आक्रामक घुइँचो
आजबाट नयाँ नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज भएको छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रले मल्टिप्लेक्समा आक्रामक सुरुवात गरेको छ । आज र भोलीका अधिकांश शोजहरुमा दर्शकको चाप उच्च छ ।
बिहानैदेखि काठमाण्डौ लगायत देशभरका मल्टिप्लेक्स हलमा दर्शक भरिभराउ छन् । लामो समयपछि नेपाली चलचित्रले दर्शकको उच्च साथ पाएको छ । दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रको दुई दिने व्यापार आक्रामक हुने निश्चित छ । यसपछि, चलचित्रलाई दर्शकले दिने वर्ड अफ माउथले व्यापारमा भर पर्नेछ ।
‘कबड्डी कबड्डी कबड्डी’को इनिसियल व्यापारले के पुष्टी गर्छ भने, दर्शकले ब्रान्ड बनेका र केही नाम चलेका कलाकारको चलचित्रमा बढी रुची राखेको देखिएको छ । यसअघि, यो खालको क्रेज ‘जात्रै जात्रा’ चलचित्रमा देखिएको थियो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस