रातको १० बजेपछि गर्न नहुने यस्ता काम
रातको ढिला समयमा गरिने केही क्रियाकलापले हाम्रो जिवनमा राम्रो भन्दा नराम्रो असर पुग्ने गर्दछ । जसको कारण एसिडिटि, ग्यास्ट्रिक, मोटोपन, डिप्रेशन लगायत निन्द्रामा समेत समस्या आउने गर्दछ । त्यसैले रातको १० बजेपछि यस्ता काम गर्न हुदैन ।
रातको समयमा गर्न नहुने केही कामहरु
हेभी डिनर गर्नुः
रातको ढिला समयमा हेभी डिनर गर्दा एसिडिटि, ग्यासजस्ता पेटसँग सम्बन्धित रोग लाग्ने गर्दछ । साथै निन्द्रामा समेत समस्या उत्पन्न हुने गर्दछ ।
मिंट फ्रेस टुथपेस्ट गर्नुः
रातको समयमा मिंट फ्रेस पेस्ट गर्दा त्यसको बास्नाले निन्द्रा लाग्न नदिई सुत्नमा समस्या आउन सक्छ । जसले गर्दा जिउमा आलस्यता हुने गर्दछ ।
चिया या कफी पिउनु :
राति अबेर समयमा चिया या कफी पिउदा निन्द्रा लाग्दैन र एसिडिटिको समस्या उच्च मात्रामा रहन सक्छ ।
धुम्रपान गर्नु :
रातको समयमा स्मोकिङ गर्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ । साथै निन्द्रा पनि पर्दैन ।
अल्कोहल सेवन गर्नु :
रातको समयमा अल्कोहल सेवन गर्दा टाउको दुख्ने, खाना अपच हुने लगायतका शारीरिक समस्याहरु देखा पर्ने गर्दछ ।
मसलादार र जंक फुड खानु:
१० बजे पछि मसलादार खाना खादा एसिडिटि, ग्यास र पेटका अन्य समस्याहरु आउन सक्छन् ।
चकलेट वा गुलियो चीज खानु:
रातको समयमा गुलियो खाना खादा निन्द्रा लाग्दैन साथै शरिरमा फ्याट जम्मा भएर मोटोपनको समस्या आउने गर्दछ ।
मोवाइलको प्रयोग गर्नु :
अबेर रातसम्म मोवाइल, कम्प्युटर, टीभी प्रयोग गर्दा आँखा र दिमागमा नराम्रो प्रभाव पर्ने गर्दछ ।
कोल्ड ड्रिकं सेवन गर्नु :
रातको समयमा कोल्ड ड्रिकं , फलफूलको जुस जस्ता पेय पदार्थ सेवन गर्दा एसिडिटिका अलावा सुगरको समस्या समेत देखा पर्ने गर्दछ ।
नुहाउनु:
रातको समयमा नुहाउँदा निन्द्रमा समस्या आउनका साथै टाउको दुख्ने समस्या पनि निम्त्याउन सक्छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस