कहिल्यै सुर्य नअस्ताउने अचम्मका ठाँउहरु हेर्नुहोस्
एक दिनमा १२ घण्टा दिउँसो र १२ घन्टा राति हुन्छ भन्ने सामान्य कुरा त हामि सबैलाई थाहा भएकै कुरा हो तर विश्वमा केही यस्ता ठाँउहरु पनि छन् जहाँ चौबिसै घण्टा दिउँसो हुन्छ ।
सुर्य कहिल्यै नअस्ताउने यस्ता ठाँउलाई ‘द मिडनाइट सन’पनि भनिन्छ । यो एक प्राकृतिक कारणले हुन्छ । उत्तरमा आर्कटिक र दक्षिणमा अन्र्टाटिक वृत्तमा गर्मि महिनामा चौबिसै घण्टा सुर्य देख्न सकिन्छ ।
सुर्य नअस्ताउने केही स्थानहरुको सुची निम्न छन् ।
१. नर्वे

उच्च भौगोलिक उचाइको कारण नर्वेमा ग्रिष्म ऋतुमा मध्यरात सम्म पनि सुर्य अस्ताउँदैन । यो देशमा मे महिनाको अन्तिमबाट जुलाईको अन्तिम सम्म करिब ७६ दिन सुर्य २० घन्टा भन्दा बढी उदाउँछ ।
२. फिनल्याण्ड

यो देशको अधिकांश भागहरुमा गर्मी महिनामा सुर्य लगातार ७३ घण्टासम्म उदाँउछ । यहाँ सुर्य अस्ताएर पनि केही समयमै फेरी उदाँउछ जसले रात र उदाँउदो दिनको भिन्नता नै हराइदिन्छ ।
३. स्विडेन

स्विडेनमा मे महिनाको सुरुबाट अगस्टको अन्तिमसम्म सुर्य मध्यरातमा अस्ताउँछ र विहान ४ बजे नै उदाँउछ । यो देशमा वर्षमा करिब ६ महिनासम्म लगातार धेरै घाम लागिरहने गर्छ ।
४. अलास्का, अमेरिका

अलास्कामा मे महिनाको अन्तिमदेखी जुलाइको अन्तिमसम्म सुर्य अस्ताउदैन् । अलास्काको फेयरब्याङ्क्स आर्कटिक वृत्तको दक्षिणमा पर्छ जहाँ सुर्य राति साढे बाह्र बजे अस्ताँउछ । फेयरब्याङ्क्स आफ्नो टाइमजोन भन्दा ५१ मिनेटले अगाडि रहेका कारण यस्तो हुने गर्छ ।
५. आइसल्यान्ड

युरोेपको दोस्रो ठूलो टापु आइसल्यान्डमा सूर्य मे को सुरुवातदेखी जुलाइसम्म अध्याँरो हुँदैन् किनभने सुर्यजतिखेर पनि आकाशमै हुन्छ । आर्कटिक ग्रिष्मको ऋतुको समयमा सुर्य मध्यरातमा अस्ताउछ र बिहानतिन बजे उदाँउछ ।
६. क्यानडा

विश्वको दोस्रो ठूलो देशले ग्रिष्म ऋतुको ५० दिन जति समय लगातार सुर्यको प्रकाश देख्छ । यस देशको इनुभिक र उत्तरी पश्चिम क्षेत्रहरुमा । यो देश वर्षैभरि हिँउले ढाकिएको हुन्छ ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस