जिन्दगीमा सफलता हात लगाउने पाँच सुत्र
हरेक मानिसको सफल बन्ने सपना हुन्छ । तर, कसरी भन्ने धेरैलाई थाहा हुँदैन । ठूलै काममा हात हाल्नुपर्छ भन्ने होइन, सानो कामबाट पनि सफल बन्न सकिन्छ । विश्वका सफल प्राय व्यवसायीले सानो क्षेत्रबाटै कामको सुरुवात गरेका थिए । तीमध्ये एक हुन् स्टिभ जब्स । एप्पल कम्पनीका संस्थापक, पूर्व अध्यक्ष तथा पूर्व सिईओ जब्सको सन् २०११ मा ५६ वर्षको उमेरमा निधन भएको थियो । सफलताका लागि उनले बाँडेका केही टिप्सहरु यस्ता छन् ।
१. समय
तपाईसँग निश्चित समय छ, जो तपाई आफ्नै लागि सदुपयोग गर्नुहोस् । अनवश्यक कुरामा अल्झिएर समय बर्बाद नगर्नुहोस् ।
२. राय नलाद्नुस्
अरुको विचारलाई आफूमाथि हावी हुन नदिनुस् । जबकि अरुको विचार सुनेर आफ्नो भित्रि आवाज सुन्न नसकियोस् । सँधै आफ्नो दिल र दिमागले चल्नुहोस् ।
३. कामको अर्थ
प्रत्येक दिन बेलुका बेडमा जानुअघि सोच्नुस्, आज मैले दिनभर के गरेँ ? त्यसले मेरो जीवनमा के महत्व राख्छ ? जीवनमा अर्थ राख्ने काम हामीले प्रत्येक दिन गर्नुपर्छ ।
४. सफा सोच
स्वच्छ सोच राखियो भने काम सफल हुन्छ । धेरै मिहिनेत गरियो भने सोच पनि सफा बन्छ । सफा सोच बन्यो भने जतिसुकै कठिन काम पनि सजिलै गर्न सकिन्छ ।
५. नयाँ सोच
यदि तपाई कुनै राम्रो काम गर्न चाहनुहुन्छ भने त्यसको नतिजा पनि राम्रो हुनुपर्छ । त्यसैले यसका लागि तपाईले केही नयाँ सोच्नुपर्छ । तपाई कहिलेसम्म एकै खाले काम गरिरहनुहुन्छ ? सोच्नुस्, अब तपाईका लागि अलग काम के छ ? कि गरिएको काम नै ठीक छ ?
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस