गजल :बहर मुतकारिव
जरामा मलै छैन चारो उहाँको
नफल्ने फुल्यो फुल थारो उहाँको
उखानै गरे मात्र चल्दैन सरकार
झुटै हुन्छ वाचा उधारो उहाँको
अरे राष्ट्र बेचेर खाउन् खुवाउन्
समात्दैन कोही कठालो उहाँको
दुई शक्ति यौटै बनेको छ बेला
दुई नै तिहाइ छन् धरालो उहाँको
अझै मार मारेर खाऊ रमाऊ
त्यही बन्छ घारो गरालो उहाँको
रामराजा तिमल्सिना
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस