२ दिनमै ३ करोड माथि ‘कबड्डी कबड्डी कबड्डी’को बक्स अफिसमा बम्पर व्यापार
लामो समयपछि नेपाली चलचित्रले बक्स अफिसमा बम्पर व्यापार गरेको छ । चलचित्र ‘जात्रै जात्रा’ चलेपछि सुस्ताएको चलचित्र बजारलाई अर्को एक हिट सिरिजले फेरि चलायमान बनाइदिएको छ । जेठको ३ गते चलेको ‘जात्रै जात्रा’पछि असोजको ३ गते रिलिज भएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ले बक्स अफिसलाई चलायमान बनाएको हो । चलचित्रको इनिसियल व्यापार बम्पर हो ।
चलचित्रले पहिलो दिनमा १ करोड ४७ लाख माथिको कलेक्शन गरेको चलचित्रको निर्माणपक्षले सार्वजनिक गरेको आँकडामा उल्लेख छ । शनिबार शुक्रबारको तुलानामा मल्टिप्लेक्समा शो बढेसँगै चलचित्रको व्यापार पनि केही बढ्यो । शनिबार चलचित्रले १ करोड ७५ लाख माथिको व्यापार गरेको छ । योसँगै यो चलचित्रले सिंगल डे व्यापारमा नयाँ रेकर्ड राखेको छ ।
योसँगै चलचित्रले २ दिनमै ३ करोड माथिको व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित चलचित्रले २ दिनमै लगानी सुरक्षित गरेको दाबी निर्माणपक्षले गरेको छ । दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रले मिश्रित समिक्षा पाएको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस