‘छक्का पञ्जा २’ युट्युबमा रिलिज

काठमाडौं – लामो समयदेखि प्रतीक्षा गरिरहेको चलचित्र ‘छक्का पञ्जा २’ युट्युबमा रिलिज गरिएको छ । फिल्म सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
यो फिल्मलाई रिलिजको १२ घण्टामा ६ लाखभन्दा बढीले हरिसकेका छन् । दीपकराज गिरीको स्किृप्ट र दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पञ्जा २’ ले बक्स अफिसमा उत्साहजनक व्यापार गरेको थियो ।
चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, वर्षा राउत, गौरव पहारी, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।
यस्तै यो चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विकासराज आचार्य र सामीप्यराज तिमल्सिनाको कथा रहेको छ ।
चलचित्रलाई विपिन मल्लले सम्पादन नगरेका हुन् भने दीर्घ गुरुङले खिचेका हुन् ।चलचित्र हेरेका कतिपय दर्शकले यो फिल्म मन परेको प्रतिक्रिया दिएका छन् भने कतिले भने फिल्म नामको सिरियल भएको प्रतिक्रिया दिएका छन् ।
एक प्रयोगकर्ताले लेखेका छन्, ‘बलिउड फिल्मभन्दा राम्रो, उच्च गुणस्तरले सजिएको नेपाली फिल्म यसरी युट्युबममार्फत विश्वभर हामी छरिएर बसेर पनि हेर्नु सौभाग्य पाएँदा गर्व लाग्दछ ।’
अर्का प्रयोगकर्ताले भने रोष पोखेका छन् । उनको प्रतिक्रिया छ, ‘फिल्ममा नाममा सिरियल रैछ, त्यो पनि ताइ न तुइको ।’
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस