दशैंका लागि प्रेमकथामा आधारित म्युजिक भिडियो ‘सोल्मारी’ (भिडियो सहित)
दशैँ नजिकिंदै गर्दा गायक शेखर लामाको सोल्मारी गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
सोल्मारी र मैच्याङ्गसँगको सम्बन्धले ल्याएको गुरुङ युवा र तामाङ्ग युवतीको प्रेमकथामा आधारित यस म्युजिक भिडियोलाई नबिनबाबु गुरुङले निर्देशन र छायाँकन गरेका हुन् ।
जनक थोकरले लेखेको सोल्मारीलाई धन दोङ्ग तामाङ्गले संगीत गरेका हुन् भने बालकृष्ण स्वेचार्यको संगीत संयोजन रहेको छ ।
सोल्मरीको मिठो स्वाद अनि मैच्याङ्गको उत्तिकै मिठो माया पिरतीको कथामा आधारित यो म्युजिक भिडियो अत्यन्तै उत्कृष्ठ बनेकोमा आफु एकदमै खुशी रहेको गायक शेखरलामाले बताएका छन् ।
आनन्द गुरुङ र हिस्सी साम्तेन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई गायक लामाको आफ्नै सप्तक सङ्गीत नामक युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ ।
गीतको ताल सुरमा आनन्द र हिस्सीलाई नचाउने काम भने नृत्य निर्देशक जस्मिन मगरले गरेकी छिन् । यसैगरी म्युजिक भिडियोलाई बिकास धमलाले सम्पादन गरेको हो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस