गजल : माया

छन्द दिक्पाल गणः त र म ज गु ग विश्राम ७
माया रहेन तिम्रो ,भन्दैछ्यौ अरे लाटी
छाडेर आज अर्को , बन्दैछ्यौ अरे लाटी
मैले विदेश बाटै, साँचेको सही माया
जिम्मा परायताको, गर्दै छ्यौ अरे लाटी
धोका दिएर जाँदै, मेरो गल्ती देखायौ
लाग्दैन प्यार घरको, भन्दै छ्यौ अरे लाटी
त्यो प्यार मात्र मैले, यो राखेर छातीमा
बोक्दै छु चोट चर्को , भन्दैछ्यौ अरे लाटी
परदेश थिएँ तिमीले, डेटिङ मिटिङ गर्दा
आएन मूर्ख मुर्दो, भन्दै छ्यौ अरे लाटी
मैले रगत पसिना , तिम्रै लागि पो झारेँ
बाँझो फडान जमर्को , गर्दैछ्यौ अरे लाटी
रामराजा तिमिल्सिना
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस