गजल : माया
छन्द दिक्पाल गणः त र म ज गु ग विश्राम ७
माया रहेन तिम्रो ,भन्दैछ्यौ अरे लाटी
छाडेर आज अर्को , बन्दैछ्यौ अरे लाटी
मैले विदेश बाटै, साँचेको सही माया
जिम्मा परायताको, गर्दै छ्यौ अरे लाटी
धोका दिएर जाँदै, मेरो गल्ती देखायौ
लाग्दैन प्यार घरको, भन्दै छ्यौ अरे लाटी
त्यो प्यार मात्र मैले, यो राखेर छातीमा
बोक्दै छु चोट चर्को , भन्दैछ्यौ अरे लाटी
परदेश थिएँ तिमीले, डेटिङ मिटिङ गर्दा
आएन मूर्ख मुर्दो, भन्दै छ्यौ अरे लाटी
मैले रगत पसिना , तिम्रै लागि पो झारेँ
बाँझो फडान जमर्को , गर्दैछ्यौ अरे लाटी
रामराजा तिमिल्सिना
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस