रिलिजभन्दा पहिले नै ‘हाउसफूल ४’ले उठाइसक्यो लगानी

मुम्बई – अक्षय कुमारले आफ्ना हरेक फिल्ममा पैसालाई कसरी रिकभर गर्ने भन्नेमा खुबै ध्यान दिने गर्छन् । यही कारण पनि अक्षय कुमार बक्स अफिसमा लगातार सफल भइरहेका छन् ।
फिल्मको विषय फरक छ भने उनी कम बजेट राख्छन् । यदि कमर्शियल तरिकाले बनाउने हो भने बजेटमा पनि ध्यान दिन्छन् । उनी यो विषयमा निर्मातासँग पहिले पनि कुरा गर्ने गर्छन् ।
दिपावलीको अवसर पारेर रिलिज हुने अक्षयको ‘हाउसफूल ४’ रिलिज अघि नै नाफामा पुगेको भारतीय मिडियाले लेखेका छन् । फिल्ममा अक्षय कुमारसँगै बबी देओल, रितेश देशमुक, कृति सेनन, राणा दग्गुबाती लगायतका कलाकार छन् ।
फिल्ममा पुनर्जन्मको कथा देखाइएको छ । भीएफएक्सको पनि प्रयोग गरिएको छ । जसकारण लाग्छ कि, यो फिल्म महंगो बजेटमा बनेको छ । तर यो फिल्म जम्मा ८० करोडको हाराहारीमा बनेको हो ।
अक्षय कुमारका अनुसार यो रोयल कमेडी ड्रामाको बजेट ‘बाहुबली’ जस्तो महंगोमा निर्माण गरिएको होइन । अर्कातिर फिल्मले डिजिटल, म्युजिक, ओभरसिज र स्याटेलाइटस राइटस् गर्दा फिल्मको लगानी उठाइसकेको भारतीय मिडियाले जनाएका छन् ।
साजिद नाडियाडवालाको प्रोडक्सनमा बनेको मल्टिस्टारर फिल्ममा शीर्ष कलाकार डबल रोलमा देखिनेछन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस