रिलिजभन्दा पहिले नै ‘हाउसफूल ४’ले उठाइसक्यो लगानी
मुम्बई – अक्षय कुमारले आफ्ना हरेक फिल्ममा पैसालाई कसरी रिकभर गर्ने भन्नेमा खुबै ध्यान दिने गर्छन् । यही कारण पनि अक्षय कुमार बक्स अफिसमा लगातार सफल भइरहेका छन् ।
फिल्मको विषय फरक छ भने उनी कम बजेट राख्छन् । यदि कमर्शियल तरिकाले बनाउने हो भने बजेटमा पनि ध्यान दिन्छन् । उनी यो विषयमा निर्मातासँग पहिले पनि कुरा गर्ने गर्छन् ।
दिपावलीको अवसर पारेर रिलिज हुने अक्षयको ‘हाउसफूल ४’ रिलिज अघि नै नाफामा पुगेको भारतीय मिडियाले लेखेका छन् । फिल्ममा अक्षय कुमारसँगै बबी देओल, रितेश देशमुक, कृति सेनन, राणा दग्गुबाती लगायतका कलाकार छन् ।
फिल्ममा पुनर्जन्मको कथा देखाइएको छ । भीएफएक्सको पनि प्रयोग गरिएको छ । जसकारण लाग्छ कि, यो फिल्म महंगो बजेटमा बनेको छ । तर यो फिल्म जम्मा ८० करोडको हाराहारीमा बनेको हो ।
अक्षय कुमारका अनुसार यो रोयल कमेडी ड्रामाको बजेट ‘बाहुबली’ जस्तो महंगोमा निर्माण गरिएको होइन । अर्कातिर फिल्मले डिजिटल, म्युजिक, ओभरसिज र स्याटेलाइटस राइटस् गर्दा फिल्मको लगानी उठाइसकेको भारतीय मिडियाले जनाएका छन् ।
साजिद नाडियाडवालाको प्रोडक्सनमा बनेको मल्टिस्टारर फिल्ममा शीर्ष कलाकार डबल रोलमा देखिनेछन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस