वर्षकै प्रतीक्षित चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारदेखि प्रदर्शनमा
काठमाडौं – दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । वर्षकै प्रतीक्षित यो फिल्म विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।
यसअघि फिल्म दशैँअघि नै रिलिज गरिने भनिएको थियो । तर, अशोक शर्माको ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ पनि रिलिज हुने भएपछि केही हप्तापछि सरेको थियो । सामाजिक कमेडी ड्रामा यो फिल्ममा दीपकराज गिरी र केकी अधिकारीको प्रेमकथा छ ।
रोहित अधिकारीको लगानी रहेको फिल्ममा दीपक र केकीबाहेक केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्ममा समावेश गीत ‘जुनको जुनेली’ र प्रचारमा सहयोग पुर्याउन तयार पारिएको गीत ‘बिच्च बिच्चमा’ ले यसअघि चर्चा पाएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस