वर्षकै प्रतीक्षित चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारदेखि प्रदर्शनमा

काठमाडौं – दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । वर्षकै प्रतीक्षित यो फिल्म विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।
यसअघि फिल्म दशैँअघि नै रिलिज गरिने भनिएको थियो । तर, अशोक शर्माको ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ पनि रिलिज हुने भएपछि केही हप्तापछि सरेको थियो । सामाजिक कमेडी ड्रामा यो फिल्ममा दीपकराज गिरी र केकी अधिकारीको प्रेमकथा छ ।
रोहित अधिकारीको लगानी रहेको फिल्ममा दीपक र केकीबाहेक केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।
फिल्ममा समावेश गीत ‘जुनको जुनेली’ र प्रचारमा सहयोग पुर्याउन तयार पारिएको गीत ‘बिच्च बिच्चमा’ ले यसअघि चर्चा पाएका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस