• जीवनशैली | Jiwanshaili
  • कविता: मालिनी


    हृदय भर उनैछिन्, सम्झनामा उनैछिन्
    कवि कलम विधाको, भावनामा उनैछिन्

    छ ढकमक बगैंचा , काव्यका वाग प्यारा
    प्रति कुसुम उनै हुन् , वासनामा उनैछिन्

    जब कवि सपना यै, देख्छ सम्झन्छ कोर्छ
    शुभ लगन क्रियाको , साधनामा उनैछिन्

    हर बखत उनैको , गर्न थाल्याछु चर्चा
    पुजनिय कविता हुन् , प्राथनामा उनैछन्

    झल र मल उषा झैँ, जग्मगाऊन सृष्टि
    नव नव रचनाको, चाहनामा उनैछिन्

    रामराजा तिमल्सिना
    नुवाकाेट


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस