जिग्री र पाँडेविरुद्ध मुद्धा, यस्ताे छ कारण
काठमाडौं – नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला सक्किगोनीको टिमविरुद्ध प्रहरीमा उजुरी परेको छ।
यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई बोलाएको छ । मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन्। उनले भने, जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’
उनले उजुरीमा कुनै क्षतिपूर्तिको मागदावी भने नगरेको बताए ।
‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले भने ।
अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीले पनि प्रहरीले आफूहरुलाई प्रहरीले बोलाएको बताए।
महानगरीय प्रहरी परिसर टेकुबाट आफूलाई फोन आएको घिमिरेले भने, ‘उहाँहरुले आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी हाल्नु भएको रहेछ । त्यसैले हामीलाई बोलाइएको छ ।’
यसअघि भद्रगोलमा काम गरिरहेको जिग्री पाँडेको समूहले ‘सक्किगोनी’ निर्माण गर्न थालेको हो ।
पुरानो टिमले छोडेपछि भद्रगोलको लोकप्रियता ह्वात्तै घटेको छ भने सक्किगोनीले भने चाँडै लोकप्रियता कायम गरेको छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस