कविता: हाँसो खुशी ओठमा
छन्द शार्दूलविक्रीडित
‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘‘
माटो किन्न सकिन्न जन्म धरती , यी प्राणदायी कुरा
बाटो भिन्न रहन्न सोच बटुवा , गन्तव्यका निम्तिमा
जो रोपिन्छ उही हुनेछ बिरुवा, फल्नेछ है बोटमा
मायाँ झुल्छ सजीव मात्र मुटुमा, हाँसो खुशी ओठमा
खोजे मिल्छ हजार लाख जगमा, सानातिना छन् जति
त्यो पाइन्न कतै किनेर धनले , माता पिता जिन्दगी
काँडा फूल दुवै विभिन्न मति छन् , यो जिन्दगी बोटमा
मायाँ झुल्छ सजीव मात्र मुटुमा , हाँसो खुशी ओठमा
आमा बाट लिएर जन्म उभियौ , राख्यौ धरामा जरा
आमा वाउ विहीन जन्म कसरी , सन्तानको हुन्छ र
जे हुन्छन् सब सामना गर तिमी , पीडा ब्यथा चोटमा
यो संसार बदल्नु पर्छ मतिले, हाँसो खुशी ओठमा
माटोमा छ अनन्त जीवन कला, प्राणी कलाकार हुन्
प्राणी सर्व समान हुन्छ जहिल्यै , यी सृष्टिका सार हुन्
माटो छैन भने हुँदैन मनुवा, क्वै सिर्जना खोटमा
आमा कोख धरा सही थपियोस् , हाँसो खुशी ओठमा
रामराजा तिमल्सिना
नुवाकाेट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस