गीत विवादमा परेपछि प्रहरीले खोज्दै दुर्गेश थापालाई

काठमाडौं – गायक दुर्गेश थापा तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएका छन् । तीजको बेला ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका थापाले तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएको छ ।
कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ। उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ । प्रशासनको आग्रहमा गायक दुर्गेश थापाको खोजी भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस