गायक दुर्गेश थापा रिहा

काठमाडौं – प्रहरी नियन्त्रणमा रहेका गायक दुर्गेश थापा छुटेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको नियन्त्रणमा रहेका गायक थापाले यूट्यूबबाट गीत हटाउने निर्णय लिएपछि छुटेका हुन्।
महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले गीतको शब्द चयनमा आफूले गल्ती गरेको महसूस गर्दै दुर्गेशले आइन्दा कमजोरी नगर्ने सार्वजनिक प्रतिवद्धता जनाएपछि रिहा गरिएको उनले बताए।
गायक थापाले विज्ञप्ति निकालेर ‘ह्यापी तिहार’ गीतमा प्रयोग भएको प्रतिबन्धित गाँजा र मदिरा सेवन गर्न प्रेरित गर्दा सामाजिक सद्भाव र सांस्कृतिक विचलन आएकोप्रति क्षमा मागेका छन्। उनलाई आजै प्रहरीले पक्राउ गरेको थियो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस