दुर्गेश थापाले युट्युबबाट हटाएको गीत केही घण्टापछि पुनः अपलोड
तिहारको देउसीसम्बन्धी गित विवादित भएपछि पक्राउ परेका गायक दुर्गेश थापाले युट्युबबाट हटाएको उक्त गीत केही घण्टापछि नै पुनः अपलोड गरेका छन् । पुनः अपलोड गरिएको गीतमा भने विवादित भनिएको दुई शब्दलाई ‘म्युट’ गरिएको छ ।
गीतमा प्रयोग गरिएको ‘चिसो बियर’ र ‘गाँजा’ शब्दलाई म्युट गरि पुनः अपलोड गरिएको हो । अपलोड गरिएको भिडियोमा दृश्यहरू समेत पुरानै छन् जहाँ अर्ना बियरको खुलेआम प्रचार गरिएको छ ।
गायक थापाले केही दिनअघि युट्युबमार्फत् ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतले राज्य प्रतिबन्धित गाँजाको प्रयोगलाई प्रोत्साहन गरेको र तिहारको साँस्कृतिक पक्षलाई विचलन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो ।
उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखामा पत्राचार गर्दै गायक थापालाई कारबाही गर्न भनेको थियो ।
प्रशासन कार्यालयबाट पत्राचार भएपछि मंगलबार पक्राउ परेका गायक थापा केही घण्टा प्रहरी नियन्त्रणमा रहेर रिहा भएका थिए । रिहा भएपश्चात् उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी समेत मागेका थिए ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस