दुर्गेश थापाले युट्युबबाट हटाएको गीत केही घण्टापछि पुनः अपलोड

तिहारको देउसीसम्बन्धी गित विवादित भएपछि पक्राउ परेका गायक दुर्गेश थापाले युट्युबबाट हटाएको उक्त गीत केही घण्टापछि नै पुनः अपलोड गरेका छन् । पुनः अपलोड गरिएको गीतमा भने विवादित भनिएको दुई शब्दलाई ‘म्युट’ गरिएको छ ।
गीतमा प्रयोग गरिएको ‘चिसो बियर’ र ‘गाँजा’ शब्दलाई म्युट गरि पुनः अपलोड गरिएको हो । अपलोड गरिएको भिडियोमा दृश्यहरू समेत पुरानै छन् जहाँ अर्ना बियरको खुलेआम प्रचार गरिएको छ ।
गायक थापाले केही दिनअघि युट्युबमार्फत् ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतले राज्य प्रतिबन्धित गाँजाको प्रयोगलाई प्रोत्साहन गरेको र तिहारको साँस्कृतिक पक्षलाई विचलन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो ।
उजुरी पश्चात् जिल्ला प्रशासन कार्यालयले महानगरीय प्रहरी अपराध महाशाखामा पत्राचार गर्दै गायक थापालाई कारबाही गर्न भनेको थियो ।
प्रशासन कार्यालयबाट पत्राचार भएपछि मंगलबार पक्राउ परेका गायक थापा केही घण्टा प्रहरी नियन्त्रणमा रहेर रिहा भएका थिए । रिहा भएपश्चात् उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् माफी समेत मागेका थिए ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस