गजल: शान्ति आऊ

छन्द: उपजाति
हे शान्ति आऊ न यता पियारी
छाडी नजाऊ न त्यता पियारी
निकास नै छैन विकास गर्न
धरा सजाऊ न सुधा पियारी
मान्छे भए मानिस मार्न हुन्न
सही बनाऊ न बुता पियारी
संबन्ध नाता बसुधा(कुटुम्ब
मायाँ बसाऊ न खुदा पियारी
बिखै भए राष्ट्र लुटे दलाली
डाँडो कटाऊ न उता पियारी
रामराजा तिमल्सिना
नुवाकाेट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस