• जीवनशैली | Jiwanshaili
  • भिटेनकाे ‘हामी यस्तै त हो नि ब्रो’ युट्युबबाट हटाइयाे


    नेपाली र्‍याप जगतमा चर्चित र्‍यापर तथा गायक समिर घिसिङ (भिटेन) को गित ‘हामी यस्तै न हो नि ब्रो’ युट्युबबाट हटाईएकोछ।

    गीतमा प्रयोग गरिएका शब्दहरू र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा बिहीबार पक्राउ परेका भिटेनको गीत युट्युबबाट हटाइएको हो । उनलाई जाउलाखेलबाट पक्राउ गरिएको हो ।

    भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।

    उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।


    क्याटेगोरी : कला शैली

    प्रतिक्रिया दिनुहोस