हिरासतमै बित्ने भो ‘भि-टेन’को तिहार
काठमाडौं– ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा परेका र्यापर समीर लामा घिसिङलाई जिल्ला प्रशासन कार्यालय ललितपुरले अभद्र व्यवहार मुद्दामा ७ दिनको म्याद थप गरेको छ। अश्लील शब्द प्रयोग र गाँजा खान प्रोत्साहित गरेको आरोपमा बिहीबार पक्राउ परेका तामाङ अबको सात दिन हिरासतमै रहने भएपछि उनको तिहार पनि हिरासतमै बित्ने भएको हो।
ललितपुरको झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएका भिटेनलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप भइआएको परिसरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
गीतका विषयमा सोधपुछ गर्ने क्रममा ड्युटीमै रहेका प्रहरीलाई भिटेनले अभद्र व्यवहार गरेको पक्राउ गरिएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस