‘नेपाल लोक स्टार’ को उपाधि शनी विश्वकर्मालाई
रियालिटी शो ‘नेपाल लोक स्टार’ को उपाधि शनी विश्वकर्माले जितेका छन् । ग्राण्ड फिनालेमा पुगेका चार प्रतिस्पर्धीलाई पछि पार्दै शनी पहिलो नेपाल लोक स्टार बनेका हुन् ।
ग्राण्ड फिनालेमा रामकुमार नेपाली, विनोद दनुवार, चेतन गोतामे र शनी विश्वकर्मा पुगेका थिए । पहिलो भएसँगै शनीले नगद ५० लाख रुपैयाँ जिते ।
फस्ट रनरअप चेतन गोतामे भए भने सेकेन्ड रनरअप विनोद दनुवार भए । फस्ट रनरअपको उपाधि जितेका चेतनले २५ लाख रुपैयाँ पाए भने सेकेन्ड रनरअप विजेता विनोदले १० लाख रुपैयाँ पाए ।
यस्तै ग्राण्ड फिनालेमा पुगेका अर्का प्रतियोगी रामकुमार नेपालीले ‘लिट्मस इलेक्टीफाइन पर्फमेन्स अफ द सिजन’ को उपाधि जिते । योसँगै उनले नगद रुपैयाँ २ लाख समेत हात पारे ।
‘नेपाल लोक स्टार’ को निर्णायकमा जयनन्द लामा, रामजी खाँड, सुनिता दुलाल र बिबी अनुरागी थिए । लोक गायनमा पछिल्लो समय रियालिटी शो ‘नेपाल लोक स्टार’ चर्चामा थियो । यो कार्यक्रम एपीवान टेलिभिजन र युट्यबुमार्फत प्रसारण भएको थियो ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस