कविताः स्वार्थी समाज
हिंसा कै बेथिती घुम्छ जिन्दगीमा के गरौं गरौँ
चुर्लुम्म नै डुबेका छन् पापी जीवन के भनौँ
दोग्ला चरीत्रमा घुम्छन् यसरी जिन्दगी किन
स्वार्थी समाज नै दोग्ले त्यसैको प्रतिविम्वन
मायाँको छैन संसार पापले ढाकेर राख्दछ
मायाँ खोसेर पो लान्छ दैवले थाकेर भाग्दछ
थोपा पवित्र पानी छन् गहका आँसुमा टल्किन
भोगी समाज हो बेग्लै त्यसैको प्रतिविम्वन
मान्छे मान्छे कहाँ हुन्छ दैँत्य हो है आखिरी त ऊ
प्राणी मारेर खाँदैछ हत्त्यमा दादागिरी छ ऊ
गाह्रै हुन्छ कहानी झै यो स्वर्गमा कि सल्टिन
रोगी समाजकै एक्लो त्यसैको प्रतिविम्वन
रामराजा तिमल्सिना
नुवाकाेट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस