बलिउड अभिनेता गोविन्दा नेपालमा
बलिउडमा एक जमानाका सुपर डान्सर हिरोको रुपमा चिनिएका हिन्दी फिल्मका अभिनेता गोविन्दा अहुजा नेपाल आइपुगेका छन् । बुधबारबाट विरगञ्जमा हुने ‘स्वर्णिम चलचित्र’ महोत्सवमा सहभागी भएर महोत्सवको शोभा बढाउन बलिउडका चर्चित अभिनेता गोविन्दा आफनी नेपाली श्रीमती सुनितासँगै नेपाल आइपुगेका हुन् । उनीहरुको साथ नेपाली कथानक चलचित्रका अभिनेत्री निरुता सिंह पनि नेपाल आइपुगेकी छन् । यही कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदै गरेको ‘स्वर्णिम चलचित्र महोत्सब’लाई नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको हो । अहिले महोत्सवको तीब्र तयारी भइरहेको आयोजकले जानकारी गराएको छ । मंगलबार नेपाल आइपुगेका अभिनेता गोविन्दाले मिडियाकर्मीहरुसँग कुराकानी गर्दै नेपालबाट पाएको मायाप्रति आभार प्रकट गर्दै सदैव माया गरिरहन आग्रह गरेका छन् । यसका साथै उनले आफ्नो नेपाली फ्यानहरुलाई धन्यबाद पनि दिएका छन् । गत वर्ष आयोजना भएको ‘एलजी फिल्म अवार्ड’ मा पनि सहभागी हुन गोविन्दा नेपाल आएका थिए । नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको ‘स्वर्णिम चलचित्र’ महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेबी भण्डारीले गर्ने बताइएको छ । कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौं कलाकारहरुको सहभागिता रहने छ ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस