फर्की हेरन पाखुरा
छन्द: अनुष्टूप
मेरो नेपालमा तिम्रो , आँखा लागे छ पापिनी
सुस्ता दशगजा छिर्दै काला पानी छ चापिने
तिम्रो नक्सा दुराचारी विस्तारवादका छुरा
भाँच्ने तागत हामीमा फर्की हेरन पाखुरा
गोर्खाली वीर वैरीका , सामुमा झुक्न सक्छ र
छ इतिहास बोलेको , नेपाली शिर झुक्छ र
दासी तिमी भएकै हो , कोट्याऊँ के अरू कुरा
तिम्रा गर्धन निछाल्ने, फर्की हेरन पाखुरा
खुकुरी दाप छोडेर , निस्की रहेछ बाहिर
नेपाली वीर गोर्खाली, सीमा रक्षार्थ खातिर
नारा जुलुस गर्दैछन् , ए लिपु लिम्पियाधुरा
छिमेकी नामका शत्रु ,फर्की हेरन पाखुरा
सुस्ताको आँसु पुछ्ने छन्, काली निमित्त छप्छप
राष्ट्रियता जगेर्नार्थ , खाँडो जगाउँदै अब
ती बलभद्र बाजेका बाँकी छन् सपना पुरा
गर्ने छ वीर गोर्खाली , फर्की हेरन पाखुरा
रामराजा तिमल्सिना
नुवाकाेट
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस