धुम्रपान गर्नु हुन्छ? सावधान! छिट्टै बुढोपन देखिएला नी

एजेन्सी- धेरै मात्रामा धुम्रपान गर्नेहरूलाई सानै उमेर मै बुढोजस्तो देखिने समस्या हुने गरेको एक अध्ययनले देखाएको छ।
चुरोट बढी सेवन गर्नेहरूलाई वास्तविक उमेरभन्दा बढी बुढो देखिने गरेको तथ्य हालै सार्वजनिक भएको अध्ययन प्रतिवेदनले देखाएको छ।
ब्रिष्टोलको लुईस मिल्लार्ड विश्वविद्यालयका अध्ययकर्ताहरूले गरेको सो अध्ययन प्रतिवेदन पिएलओएस जेनेटिक्समा प्रकाशित भएको हो।
उमेरभन्दा छिट्टै बुढ्यौली अत्यधिक धुम्रपानका कारणले भएको हो वा बंशाणुगत कारणले भएको हो भन्ने तथ्य बैज्ञानिकहरूले छुट्याउन सक्ने पनि अध्ययनकर्ताहरुले जनाएका छन्।
अध्ययनकर्ताहरुले अध्ययनमा सहभागीहरूलाई दुई समूहमा बाँडेर अध्ययन गरेका थिए। तीमध्ये एउटा समूह कहिल्यै धुम्रपान नगरेकाहरुको थियो भने अर्को समूह अहिले धुम्रपान गरिरहने वा विगतमा गरेकाहरूको थियो।
अन्य कुरा समान रहेको अवस्थामा पनि धुम्रपान गर्ने र नगर्नेका बीचमा तुलना गर्दा धुम्रपान नगर्ने भन्दा धुम्रपान गर्नेहरु बढी बुढो देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
बढी धुम्रपान गर्नेहरुमा बुढ्यौली देखिने समस्यासँगै घाँटी, फोक्सो, आन्द्रा, छाला लगायतमा विभिन्न समस्या देखिने गरेको उनीहरुले जनाएका छन्।
धुम्रपानको असर उनीहरुले कति मात्रामा धुम्रपान गरेका छन्, त्यहि मात्रामा असर पर्ने गरेको पाइएको पनि अध्ययनकर्ताहरुले बताएका छन्।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस