ऐश्वर्याले सलमानमाथी लगाएकी थिईन् गम्भीर आरोप

सलमान खान बलिउडमा यस्तो नाम हो जसको लागि केटीहरु मरिहत्ते गर्छन्। उनै सलमान खानको माया प्रेमका सम्बन्धहरु पनि त्यति नै चर्चामा छन् जति सलमान खान छन्। सलमान खानका सबै प्रेमभन्दा बढि चर्चामा रहेको प्रेम हो, सलमान खान र ऐश्वर्या राय बच्चनको।
यिनीहरुको प्रेम जति नै पुरानो भएपनि आजसम्म चर्चामा नै रहेको छ। फिल्म ‘हम दिल दे चुके सनम’ बाट सुरु भएको यी दुईको प्रेम सन् २००२ मा अन्त्य भएको थियो।
सलमान खान ऐश्वर्याको मायामा धेरै नै डुबेका थिए। उनी शंकालु, रिसाउलु हुँदै गएको ऐश्वर्याले मिडियामा बताएकी थिइन्। अन्ततः उनीहरुको ब्रेकअप नै हुन पुग्यो।
ऐश्वर्याले सलमान खानलाई दोषी देखाउँदै उनीमाथि तीनवटा आरोप लगाएकी थिइन्। उनले सलमान खानले आफुलाई पिट्ने गरेको बताएकी थिइन्। सलमान खानले गाँजा तथा नसालु पदार्थ सेवन समेत गर्ने गरेको एश्वर्याले मिडिया सामु बताएकी थिइन्।
अनावश्यक शंका गरेर आरोप लगाउने समेत गरेको उनले आरोप लगाएकी थिइन्। तर, सलमान खानले एक अन्तर्वार्तामा ऐश्वर्याले झुट बोलेको र आफुलाई नराम्रो देखाएको बताएका थिए।
यस्तै, एश्वर्याले सलमानसँग ब्रेकअप गर्दै सन् २००७ मा अभिषेक बच्चनसँग विवाह गरेकी थिइन्।
यी दुईको सम्बन्ध तोडिएको वर्षौ बितिसकेको छ। यद्दपी, कहिलेकाहीं कुनै कार्यक्रममा जम्काभेट भइहालेमा एक अर्कालाई देखेर पनि नदेखे झै गरी तर्किएर हिड्ने गर्छन्। एजेन्सी
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस