• जीवनशैली | Jiwanshaili
  • आज शनिवार, यसरी बनाउनुहोस् शनिदेवलाई खुशी


    शास्त्रमा भनिएको छ, शनिदेव मानिसको काम र प्राप्तीसँग सम्बन्धित छन्। शनिदेवलाई खुशी बनाउन सकियो भने मान्छेले आटेको काम सफल हुने र बाधा अवरोध पनि नआउने मान्यता रहेको छ।

    शनिबारको दिन शनिदेवलाई अति नै प्यारो दिन पनि हो। त्यसैले हरेक मान्छेले शनिबार बिहानै उठेर शनिदेवको पूजा आराधना गर्ने गर्छन्।

    शनिदेवलाई प्रशन्न बनाउन यसरी गर्नुस् पूजा-

    शनिवारको सूर्योदयभन्दा पहिला र सूर्यास्तभन्दा पछि शनिको पूजाअर्चना गरेमा विशेष लाभ पाइनेछ।

    कालो वा निलो आसनमा बसेर तिलको तेलले बत्ती बाल्नुपर्छ।

    पश्चिम दिशामा प्राणायाम गर्नुपर्छ।

    लगातार ७ पटक शनिस्तोत्रको पाठ गर्ने र यस्तो बिहान र साँझ लगातार २७ दिन गर्नुपर्छ।

    आफ्नो समस्या सामाधानका लागि शनिदेवसँग प्रार्थना गर्नुपर्छ।

    शनिदेवको पूजा सधैं सफा कपडा लगाई चोखो भएर मात्र गर्नुपर्छ। एजेन्सी


    क्याटेगोरी : खोज/विशेष

    प्रतिक्रिया दिनुहोस


    थप समाचार