अभिषेकसँग ऐश्वर्याको विवाह पहिलो नभई दोस्रो भएको खुलाशा
एजेन्सी- बलिउडकी सुन्दरी ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ। छोटो समयको प्रेमपछि विवाह गरेको यो जोडी बलिउडमा उदाहरणीय जोडीको रुपमा लिइन्छ।
दुवैले ‘ढाई अक्षर प्रेम’, ‘कुछ न कहो’जस्ता सुपरहिट चलचित्रमा एकसाथ काम गरेका थिए। को–एक्टरभन्दा पनि यी दुई निकै असल साथी थिए। दुवैको केमेस्ट्री चलचित्रको पर्दामा निकै रुचाइयो। करिश्मा कपूरसँग इन्गेजमेन्ट टुटेका अभिषेक र सलमान र विवेक ओवरायसँग सम्बन्ध टुटाएकी ऐश्वर्याको भेटघाटले विवाहको रुप लिएको थियो।
‘बन्टी और बब्ली’ को सेटमा दुवैबीचको दूरी घटेको थियो। त्यसपछि गुरु, धुम–२ मा काम गरेपछि अझै उनीहरु झन् नजिकिएको भारतीय सञ्चार माध्यमहरु बताउँछन्। चलचित्र गुरुको प्रिमियरको दौरान अभिषेकले ऐश्वर्यालाई विवाहको प्रस्ताव राखेका थिए।
बच्चन परिवारको धार्मिक आस्थाका कारण र ऐश्वर्याको कुण्डली हेर्दा उनी मांगलिक भएको खुलेको थियो। त्यसैले बच्चन परिवारले पूर्ण रितीरिवाजका साथ ऐश्वर्याको विवाह पीपलको रुखसँग गराइदिए। त्यसपछि ऐश्वर्या र अभिषेकको विवाह भएको थियो।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस