शुक्रबार यसरी गर्नुहोस् महाकालीको विशेष पूजा
एजेन्सी- हरेक दिन विभिन्न तरिका तथा विधिद्धारा देवीको पूजापाठ गरिन्छ। फरक विधिसंगै दवीको विभिन्न रुपको पूजा आरधाना पनि गर्ने गरिन्छ।
यस्तै, शुक्रबारको दिन महाकालीको विशेष दिनको रुपमा मानिन्छ। आजको दिन महाकालीलाई खुसी बनाउन सकिएमा सदैव फलिफाप हुने पनि विश्वास छ।
यसरी नियम पुर्याएर महाकालीको पूजा गर्न सकिन्छ।
पूजा विधि र मन्त्रको बारे केही जानकारी- माता कालीको साधना सन्यासी र तान्त्रिकहरु पनि गर्ने गर्छन्। माता कालीका भक्त मान्ने गर्छन् कि माता काली कालको संम्हार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन्।
शुक्रबार कालीको उपासनाको लागि उनको तस्बिर वा मूर्ति स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने र बसेर १०८ पटक ऊं क्रीं कालिकायै नमः या ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्ने। उच्चारण पश्चात् आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनुहोस्।
महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ- कालीको साधना र उपासनालाई निकै प्रभावशाली मानिन्छ। माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ। उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ।
क्याटेगोरी : खोज/विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस