बेरोजगार युवाको कथा समेटिएको ‘१२ सत्ताइस’
काठमाडौं- तीन जना बेरोजगारले प्रहरी चौकीबाटै पैसा लुटेपछि सो पैसा पचाउन गर्नु परेको भागदौडलाई समेटेर बनाइएको चलचित्र ‘१२ सत्ताइस’ मंसिर २७ मा रिलिज हुने भएको छ।
बेरोजगार भएपछि पैसा कमाउने अनेक उपाय लगाउने र गलत उपायले उनीहरु कसरी रुमल्लिन्छन् भन्ने कथा फिल्मले बोकेको छ। फिल्मको नाम जस्तै रिलिज डेटमा पनि २७ पारिएको छ।
चलचित्रमा नयाँ अनुहारको भिड छ। ह्याप्पी प्लानेट फिल्म्सले कमेरो स्क्रिनसँग सहकार्य गरी निर्माण गरेको यस फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना मगर, अस्मिता लमिछाने, ऐवन आचार्य, सम्रान्ट थापा, अस्मिता खनाल, करन साउद, बिना कार्की र धर्मेन्द्र प्रताप मल्लको अभिनय रहेको छ। फिल्मलाई जोन योञ्जनले लेखनरनिर्देशन गरेका छन्।
गत जेष्ठ ९ गतेबाट सुरु गरिएको यस चलचित्रको छायांकन काठमाडौं, ललितपुर, धादिङ र सिन्धुपलाञ्चोक जिल्लामा गरिएको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस