बेरोजगार युवाको कथा समेटिएको ‘१२ सत्ताइस’

काठमाडौं- तीन जना बेरोजगारले प्रहरी चौकीबाटै पैसा लुटेपछि सो पैसा पचाउन गर्नु परेको भागदौडलाई समेटेर बनाइएको चलचित्र ‘१२ सत्ताइस’ मंसिर २७ मा रिलिज हुने भएको छ।
बेरोजगार भएपछि पैसा कमाउने अनेक उपाय लगाउने र गलत उपायले उनीहरु कसरी रुमल्लिन्छन् भन्ने कथा फिल्मले बोकेको छ। फिल्मको नाम जस्तै रिलिज डेटमा पनि २७ पारिएको छ।
चलचित्रमा नयाँ अनुहारको भिड छ। ह्याप्पी प्लानेट फिल्म्सले कमेरो स्क्रिनसँग सहकार्य गरी निर्माण गरेको यस फिल्ममा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना मगर, अस्मिता लमिछाने, ऐवन आचार्य, सम्रान्ट थापा, अस्मिता खनाल, करन साउद, बिना कार्की र धर्मेन्द्र प्रताप मल्लको अभिनय रहेको छ। फिल्मलाई जोन योञ्जनले लेखनरनिर्देशन गरेका छन्।
गत जेष्ठ ९ गतेबाट सुरु गरिएको यस चलचित्रको छायांकन काठमाडौं, ललितपुर, धादिङ र सिन्धुपलाञ्चोक जिल्लामा गरिएको छ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस