अवार्ड नलिने गायक राजेश पायल राईको घोषणा
काठमाडौं । नेपाली साङ्गीतिक आकाशमा जादुमयी स्वरले छुट्टै पहिचान बनाउन सफल गायक राजेश पायल राईले आउँदा दिनमा कुनै अवार्ड नलिने घोषणा गरेका छन् । गायक राईले जापानमा आयोजित सूर्य इन्टरनेशनल अवार्ड २०१९का क्रममा सो घोषणा गरेका हुन् ।
अवार्ड कार्यक्रममा लोकप्रिय गायकका रुपमा सम्मानित भएका राईको केहि समयअघि घरमा आगलागी भएर सम्पूर्ण पुरस्कार, तक्माहरु जलेर नष्ट भएको थियो ।यस्तैमा उनले लाइफ टाइम अचिभमेन्ट, राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड बाहेक अन्य कुनै पनि व्यक्तिगत र संस्थागत रूपमा दिइने अवार्ड नलिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा एक लामो स्ट्याटस पोस्ट गर्दै ,यस्ता अवार्ड्हरु नयाँ पुस्ताका कलाकारहरूका लागि त प्राण वायु सरह नै हुन्छन् र यसको विशेष महत्त्व उनीहरूमै हुन्छ । मलाई लाग्छ हामी कलाकारहरूका लागि दर्शक श्रोताहरूको माया,सद्भावले विशेष महत्त्व राख्छ । नयाँ कलाकारहरूलाई प्रेरित गर्न पनि हामीले उनीहरूका लागि बाटो छोडिदिनुपर्छ भने अवार्डहरुको गरिमा तथा महत्त्व पनि कायम रहनु पर्छ । यसै सन्दर्भमा म अब देखि राज्य स्तरबाट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त अवार्ड बाहेक निजी वा व्यक्तिगत रूपमा प्रदान गरिने अवार्डहरू ग्रहण नगर्ने निर्णयमा पुगेको छु । उनले लेखेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस