अवार्ड नलिने गायक राजेश पायल राईको घोषणा

काठमाडौं । नेपाली साङ्गीतिक आकाशमा जादुमयी स्वरले छुट्टै पहिचान बनाउन सफल गायक राजेश पायल राईले आउँदा दिनमा कुनै अवार्ड नलिने घोषणा गरेका छन् । गायक राईले जापानमा आयोजित सूर्य इन्टरनेशनल अवार्ड २०१९का क्रममा सो घोषणा गरेका हुन् ।
अवार्ड कार्यक्रममा लोकप्रिय गायकका रुपमा सम्मानित भएका राईको केहि समयअघि घरमा आगलागी भएर सम्पूर्ण पुरस्कार, तक्माहरु जलेर नष्ट भएको थियो ।यस्तैमा उनले लाइफ टाइम अचिभमेन्ट, राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड बाहेक अन्य कुनै पनि व्यक्तिगत र संस्थागत रूपमा दिइने अवार्ड नलिने घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमा एक लामो स्ट्याटस पोस्ट गर्दै ,यस्ता अवार्ड्हरु नयाँ पुस्ताका कलाकारहरूका लागि त प्राण वायु सरह नै हुन्छन् र यसको विशेष महत्त्व उनीहरूमै हुन्छ । मलाई लाग्छ हामी कलाकारहरूका लागि दर्शक श्रोताहरूको माया,सद्भावले विशेष महत्त्व राख्छ । नयाँ कलाकारहरूलाई प्रेरित गर्न पनि हामीले उनीहरूका लागि बाटो छोडिदिनुपर्छ भने अवार्डहरुको गरिमा तथा महत्त्व पनि कायम रहनु पर्छ । यसै सन्दर्भमा म अब देखि राज्य स्तरबाट वा अन्तर्राष्ट्रिय मान्यताप्राप्त अवार्ड बाहेक निजी वा व्यक्तिगत रूपमा प्रदान गरिने अवार्डहरू ग्रहण नगर्ने निर्णयमा पुगेको छु । उनले लेखेका छन् ।
क्याटेगोरी : कला शैली
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस